काठमाडौं भाद्र २२ गते, उपत्यकामा हुने कार्यक्रमहरु:
राजनीतिक तथा सामाजिक कार्यक्रमहरू
- नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन:
- स्थान: सनराइज हल, गोदावरी
- समय: बिहान ०८:०० बजे
- दबाबमूलक कार्यक्रम:
- पुँजी बजार जोगाउन सेयर लगानीकर्ता तिलक कोइरालाद्वारा आयोजित
- स्थान: नेपाल धितोपत्र बोर्ड कार्यालय, खुमलटार
- समय: बिहान १०:०० बजे
- हस्ताक्षर अभियान:
- भारत र चीनबीचको व्यापार सम्झौतामा नेपाली भूमि लिपुलेकको प्रयोगबारे विरोध
- आयोजक: देशभक्त नेपाली नागरिक (युवराज सफलको नेतृत्वमा)
- स्थान: माइतीघर मण्डला
- समय: बिहान ११:०० बजे
- विरोध प्रदर्शन:
- सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूद्वारा आयोजित
- स्थान: माइतीघर मण्डला
- समय: दिउँसो १४:०० बजे
- पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको बैठक निर्णय सार्वजनिक:
- स्थान: प्रेस चौतारी नेपाल, पुतली सडक
- समय: समय खुलेको छैन
शैक्षिक तथा सचेतनामूलक कार्यक्रमहरू
- ‘निर्माण व्यवसायी महिलाहरूको सशक्तीकरण’ विषयक अन्तरक्रिया:
- आयोजक: नेपाल निर्माण व्यवसायी महासंघ
- स्थान: सांग्रिला ब्लू होटल, बखुण्डोल, ललितपुर
- समय: बिहान ०८:०० बजे
- ‘सीमा विवादः कानूनी, ऐतिहासिक र कूटनीतिक आयाम’ विषयक अन्तर्क्रिया:
- आयोजक: स्वतन्त्र विद्यार्थी युनियन, त्रि-चन्द्र बहुमुखी क्याम्पस
- प्रमुख अतिथि: डा. मीनेन्द्र रिजाल
- स्थान: त्रि-चन्द्र बहुमुखी क्याम्पस, घण्टाघर
- समय: बिहान ०९:०० बजे
- शैक्षिक क्षेत्रका सरोकारवालाहरूको बृहत् अन्तरक्रिया:
- आयोजक: प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए
- विषय: प्रस्तावित संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने नीतिको विरोध
- स्थान: स्थान खुलेको छैन
- समय: समय खुलेको छैन
- निशुल्क शिक्षाका लागि हस्ताक्षर संकलन तथा प्रदर्शन:
- आयोजक: संयुक्त विद्यार्थी संगठन
- मिति: भाद्र २०, २१ र २२ गते
- स्थान: हरेक क्याम्पसमा
- समय: समय खुलेको छैन

प्रतिक्रिया