काठमाण्डौं भाद्र २१ गते, उपत्यकामा हुने कार्यक्रमहरू:


बिहानका कार्यक्रमहरू (बिहान ६:३० देखि ११:०० बजेसम्म)

योजनाबद्ध आन्दोलन तथा भेला:

  • ६:३० बजे: गैरन्यायिक खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै कोपुण्डोल बागमती पुलमुनिबाट वृहत् मोटरसाइकल र्‍याली।
  • १०:०० बजे: बालाजु बाइसधारामा नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनको उपत्यकास्तरीय भेला र वनभोज।
  • ११:०० बजे: माइतीघर मण्डलामा भारत र चीनबीचको व्यापार सम्झौतामा लिपुलेकको प्रयोग विरुद्ध हस्ताक्षर अभियान।
  • ११:०० बजे: नेपा: ब्याङ्क्वेट, खुसिबुँमा भूमि अधिकार संरक्षण समितिको भेला।

राजनीतिक तथा सांगठनिक कार्यक्रमहरू:

  • ७:०० बजे: मुक्ति समाज नेपाल चन्द्रागिरि नगर कमिटीको दोस्रो अधिवेशन, नेकपा (एमाले) पार्टी कार्यालय, किसिपिडीमा।
  • ७:३० बजे: नेपाली कांग्रेसका स्वर्गीय नेता मुकुन्द रिजालको दोस्रो स्मृति दिवसमा बालाजुस्थित वडा कार्यालयमा माल्यार्पण।
  • ८:०० बजे: धुम्बाराहीमा नेपाल बार एशोसिएशनको भूमिकाबारे राष्ट्रिय परामर्श बैठक।
  • ८:१५ बजे: कालोपुलको जिल्ला पार्टी कार्यालयमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको उपस्थितिमा बीपी कोइरालाको जन्मजयन्ती मनाइँदै।
  • ९:०० बजे: नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम, बोडे तालिम केन्द्र, भक्तपुरमा।
  • १०:०० बजे: जनता समाजवादी पार्टीको ग्वार्खोस्थित केन्द्रीय कार्यालयमा समाजवादी विद्यार्थी युनियनको तेस्रो बैठक।
  • १०:०० बजे: त्रि.वि. अडिटोरियम हल, कीर्तिपुरमा अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको बन्दसत्र।
  • १०:३० बजे: दुर्गा प्रसाईको निजी निवास, कमेरोटार, भक्तपुरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ को भेला।
  • ११:०० बजे: गोदावरीको सनराइज हलमा नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन।
  • ११:०० बजे: नखिपोटस्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयमा ललितपुरका वडा सभापतिहरूको छलफल।
  • ११:०० बजे: स्वयम्भूको स्टार ब्याङ्क्वेटमा राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही-काठमाडौं सम्पर्क विभाग गठन।
  • ११:०० बजे: स्युचाटार दरबार भेन्यूमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई अखिल क्रान्तिकारी धादिङ-काठमाडौं सम्पर्क समन्वय समितिले सम्मान गर्दै।
  • ११:०० बजे: बौद्धको रोयल तिनचुली बैंक्वेटमा नेपाल तामाङ कलाकार संघको १८औं वार्षिक साधारण सभा।
  • ११:०० बजे: भृकुटीमण्डपको पदमोदय माविमा नेपाल राहत शिक्षक केन्द्रीय समितिको बैठक।

दिउँसोका कार्यक्रमहरू (१२:०० बजेपछि)

  • १२:०० बजे: तिनकुनेमा राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा मेलुङ गाउँपालिका वडा नं. ४ को भेला।
  • १२:३० बजे: शान्ति नगरमा स्वनिगः (काठमाडौं)-मधेश समन्वय समितिको छलफल।
  • १२:३० बजे: नेपाल बार एसोसिएसन, रामशाहपथमा ‘नेपालमा समृद्धि अभियान’ ले सार्वजनिक बहस गर्दै।
  • १:०० बजे: यती प्लाजा, बागबजारमा अखिल नेपाल लेखक संघले कविता वाचन गर्ने।
  • १:०० बजे: युनियन हाउस, अनामनगरमा आख्यानकार मनु योङहाङको कृति ‘सेक्मुरी फूल’ को विमोचन।

समय र स्थान नखुलेका कार्यक्रमहरू

  • निजी विद्यालय सम्बद्ध संस्थाहरू (प्याब्सन, हिसान आदि): सङ्घीय शिक्षा ऐन विरुद्ध राजनीतिक दलहरूसँग भेटघाट र तयारी बैठक।
  • संयुक्त विद्यार्थी संगठन: भदौ २०, २१ र २२ गते क्याम्पसहरूमा निःशुल्क शिक्षाको लागि हस्ताक्षर संकलन र रचनात्मक प्रदर्शन।
  • नेपाल शिक्षक महासंघ: आन्दोलनको दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने।