काठमाडौं भाद्र २० गते उपत्यकामा हुने कार्यक्रमहरू यस प्रकार छन्:
- राजनीतिक तथा सामाजिक कार्यक्रम
- **अखिल नेपाल महिला संघ (क्रान्तिकारी)**को ७ औं राष्ट्रिय सम्मेलन कुईन प्यालेस, सुकेधारामा बिहान ७:३० बजे हुनेछ।
- उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोह कलेजको सभाकक्षमा बिहान ७:४५ बजे उद्घाटन हुनेछ।
- नेपाल किसान महासंघको चौथो केन्द्रीय महाधिवेशनको बन्द सत्र त्रिभुवन विश्वविद्यालय स्मृति भवन, कीर्तिपुरमा बिहान ८:०० बजे सुरु हुनेछ।
- इम्बोस्ड नम्बर प्लेटको विरोधमा नक्खु वारीपारी जनसरोकार समितिले नक्खु पुलबाट बिष्णुदेवी मन्दिरसम्म बिहान ८:४५ बजे विरोध र्याली गर्नेछ।
- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम भक्तपुरको बोडे तालिम केन्द्रमा बिहान ९:०० बजे हुनेछ।
- राष्ट्रिय युवा संघ नेपाल ललितपुरले नेकपा (एमाले) को विधान महाधिवेशनको अवसरमा गोदावरी, ललितपुरमा बिहान १०:०० बजे रक्तदान, आँखादान र छालादान कार्यक्रम गर्नेछ।
- दुर्गा प्रसाईको निजि निवास, कमेरोटार, भक्तपुरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको विशेष केन्द्रिय भेला बिहान १०:३० बजे हुनेछ।
- नेपाल शिक्षक महासंघले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका कार्यालयमा बिहान ११:०० बजे धर्ना दिई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ।
- लिपुलेक भूमि प्रयोगको सम्झौताको विरुद्धमा देशभक्त नेपाली नागरिक युवराज सफलको नेतृत्वमा माइतीघर मण्डलामा बिहान ११:०० बजे हस्ताक्षर अभियान सुरु हुनेछ।
- **नेकपा (एमाले)**को दोस्रो विधान महाधिवेशन गोदावरीको सनराइज हलमा बिहान ११:०० बजे सुरु हुनेछ।
- नेपालको सार्वभौम भूमि लिम्पियाधुरा, लिपुलेकमाथिको अतिक्रमण रोक्न चिनियाँ दूतावास र संयुक्त राष्ट्रसंघलाई बुझाइएको अपिल सार्वजनिक गर्न देशभक्त नागरिक मञ्चले रिपोर्टस क्लब नेपाल, भृकुटीमण्डपमा बिहान ११:४५ बजे कार्यक्रम गर्नेछ।
- हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापनको लागि राष्ट्रबादी नागरिक समाजले रत्नपार्क शान्तिबाटीकामा दिउँसो २:०० बजे खबरदारी कार्यक्रम गर्नेछ।
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय नाचघर, जमलमा दिउँसो २:०० बजे जनगायक जीवन शर्मा र हास्य कलाकार सुबोध गौतमको उपस्थितिमा बृहत् जनसांस्कृतिक कार्यक्रम गर्नेछ।
- शैक्षिक तथा साहित्यिक कार्यक्रम
- अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पसले बदलिँदो विश्व व्यवस्थामा नेपालको विदेश नीति विषयक अन्तर्क्रिया नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गमा दिउँसो ३:०० बजे आयोजना गर्नेछ।
- डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ को लोकार्पण समारोह नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा दिउँसो ३:०० बजे हुनेछ।
- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ग्रामीण विकास केन्द्रीय विभागले पहिलो पटक ‘विकास संवाद’ कार्यक्रम विभागको सभाहल, कीर्तिपुरमा दिउँसो ३:०० बजे गर्नेछ।
- सरकारी तथा न्यायिक कार्यक्रम
- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११:३० बजे बस्नेछ।
- सर्वोच्च अदालत बार एशोसिएशनले आधुनिक फौजदारी विधिशास्त्रमा आपराधिक कार्य (ACTUS REUS) सम्बन्धी कार्यक्रम नेपाल बार एशोसिएशन सभाकक्ष, रामशाहपथमा दिउँसो १:३० बजे गर्नेछ।
- संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा साँझ ५:१५ बजे बस्नेछ।
- अन्य विविध कार्यक्रम
- पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित पुस्तक ‘बदलिँदो समयचक्र’ को विमोचन तथा सम्मान कार्यक्रम भोजन गृह, डिल्लीबजारमा दिउँसो १:०० बजे हुनेछ।
- अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह त्रि.वि. अडिटोरियम हल, कीर्तिपुरमा दिउँसो १:०० बजे हुनेछ, जसको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहनेछन्।
- प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने नीतिका विरुद्ध तयारी बैठक र राजनीतिक दलहरूसँग भेटघाट गर्नेछन्।
- संयुक्त विद्यार्थी संगठनले निःशुल्क शिक्षाका लागि हरेक क्याम्पसमा हस्ताक्षर संकलन, प्रचारप्रसार र रचनात्मक प्रदर्शन गर्नेछ।
- किरात याक्थुङ चुम्लुङ कियाचु को नवौं संघीय बैठक काठमाडौं चुम्लङहिममा हुनेछ।

प्रतिक्रिया