भाद्र १८, नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका वडा नम्बर १, अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा वाईसीएलले राहत सामग्री वितरण तथा श्रमदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संघीय संसद माननीय हित बहादुर तामाङ, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता हरु वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली, वाइसीएलका अन्य पदाधिकारी हरु , वाइसीएल नेपालका बागमति प्रदेश अध्यक्ष नरेश रञ्जित लगायत पदाधिकारिहरु , वाइसीएल नुवाकोट का अध्यक्ष जलन गजुरेल लगायत पदाधिकारिहरु , स्थानिय सरकार र स्थानिय बासिन्दा लगायतको सहभागिता थियो ।

राहतस्वरूप प्रभावित परिवारलाई त्रिपाल, खानेपानी जार, लत्ता–कपडा, ब्ल्याङकेट, म्याट्रेस सहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले जानकारी दिएका छन । साथै, पहिरोका कारण बस्ती–बस्तीबीच आवतजावतमा समस्या भएकाले वाइसीएल नेपालको नेतृत्वमा श्रमदान मार्फत गोरेटो बाटो निर्माण गरी सवारी तथा स्थानीयहरुलाइ आवागमन सहज बनाउन सहयोग गर्दै उदाहरणिय कार्य गरेकोले स्थानीयहरु लाभान्वित भएका छन ।