काठमाण्डौं भाद्र १८ गते बुधबार उपत्यकामा हुने कार्यक्रमहरु:


बिहान ११ बजेभन्दा अघिका कार्यक्रमहरू

  • बिहान ७:०० बजे: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पशुपति क्याम्पस प्राङ्गणमा ‘शिक्षा निःशुल्क भए मात्र समानता सम्भव छ’ भन्ने नाराका साथ हस्ताक्षर सङ्कलन र विद्यार्थी नेतृत्वको संघर्ष भाषण कार्यक्रम गर्नेछ।
  • बिहान १०:०० बजे: संयुक्त विद्यार्थी संगठनले विद्यालय शिक्षा विधेयकको विरोधमा राष्ट्रपति कार्यालय, शितल निवासमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने।
  • बिहान १०:३० बजे: सोही संगठनले प्रस्तावित विधेयकको विरोधमा सिंहदरबारमा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई ज्ञापनपत्र बुझाउने।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका कार्यक्रमहरू

  • बिहान ११:०० बजे:
    • नेपाल शिक्षक महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित कार्यालयमा २ घण्टा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाउने।
    • पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको पाँचौँ बैठक तिनकुनेको मण्डला ब्याङ्केटमा बस्ने।
    • युवराज सफलको नेतृत्वमा देशभक्त नेपाली नागरिकले भारत र चीनबीचको संयुक्त व्यापार सम्झौतामा नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्झौताको विरुद्धमा माइतीघर मण्डलामा हस्ताक्षर अभियान चलाउने।

दिउँसो १ बजेपछि हुने कार्यक्रमहरू

  • दिउँसो १:०० बजे:
    • एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले निजामती सेवा दिवस-२०८२ को अवसरमा सडक विभागको सभाहल, बबरमहलमा सार्वजनिक खरिद विषयक विचार गोष्ठी कार्यक्रम गर्ने।
    • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलन प्रज्ञा भवन, कमलादीमा हुने।
    • संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने।
    • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने।
    • राप्रपा नेपाल भक्तपुर जिल्ला कार्यसमितिको बैठक पार्टी कार्यालयको सभाहल (सल्लाहघारी) मा बस्ने।
  • दिउँसो २:०० बजे:
    • प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने नीतिका विरुद्ध निर्णायक आन्दोलन तयारी सम्बन्धी प्रशिक्षण कार्यक्रम तिलगंगाको होटल बेष्ट वेस्टर्न प्लसमा गर्ने।

Tools