काठमाण्डौं भाद्र १७ गते मंगलबार, उपत्यकामा हुने कार्यक्रमहरू
बिहानको कार्यक्रमहरू
- सफाई कार्यक्रम: योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को चन्द्रागिरि नगर समितिले इन्द्रदह परिसर, कोतगाउँमा सरसफाइ गर्नेछ। (समय: बिहान ७:३० बजे)
- शुभकामना आदानप्रदान: नेपाली काँग्रेस चागुनारायण नगरपालिका २ कार्यसमितिले दुवाकोट सिटि बैंक्वेटमा विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान तथा क्रियाशील सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गर्नेछ। (समय: बिहान ७:३० बजे)
- पार्टी अधिवेशन: राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौँ महानगरपालिका १९ वडा समितिको पहिलो वडा अधिवेशन कस्मो रेष्टुरेन्ट, प्याफलमा हुनेछ। (समय: बिहान ८:०० बजे)
- पर्व सुधार कार्यक्रम: नेपाल सरकारद्वारा गठित पर्वसुधार राष्ट्रिय कार्यदल २०६४ लाई पूर्ण लागु गर्न र चाडपर्वहरूमा सुधार गर्नुपर्ने मागसहित लक्ष्मी नारायण मन्दिर परिसर, कलंकीमा विजया दशमी मनाइनेछ। (समय: बिहान ८:०० बजे)
- समिति बैठक: विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। (समय: बिहान ९:०० बजे)
- विद्यालय वार्षिकोत्सव: बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव कार्यक्रम हुनेछ। (समय: बिहान १०:३० बजे)
- धर्ना कार्यक्रम: नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, वनस्थलीमा २ घण्टा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउनेछ। (समय: बिहान ११:०० बजे)
- विचार गोष्ठी: नेपाल दलित मुक्ति मोर्चाले ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक दुई दिने विचार गोष्ठी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु गर्नेछ। (समय: बिहान ११:०० बजे)
दिउँसोको कार्यक्रमहरू
- प्रदर्शन: नेपाल पिछडावर्ग (OBC) महासंघ र संघर्ष समितिले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिहरूलाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग राखी माइतीघर मण्डलामा प्रदर्शन गर्नेछन्। (समय: दिउँसो १२:०० बजे)
- सम्मान कार्यक्रम: अखिल नेपाल महिला संघ/साधना स्मृति समाजले नेपाल पर्यटन बोर्ड हलमा नेपाली महिलाले पहिलो पटक मतदान गरेको दिनको स्मरणमा “सम्मान कार्यक्रम” गर्नेछ। (समय: दिउँसो १:०० बजे)
- राष्ट्रिय सभा बैठक: संघीय संसदको राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ। (समय: दिउँसो १:१५ बजे)
- समिति बैठक: राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। (समय: दिउँसो २:०० बजे)
- पार्टी अधिवेशन: राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौँ महानगरपालिका वडा नं २१ को पहिलो वडा अधिवेशन श्री पचली भैरव मन्दिर परिसरमा हुनेछ। (समय: दिउँसो ४:०० बजे)
समय निश्चित नभएका कार्यक्रमहरू
- स्थापना दिवस: कियाचु सङ्घीय कार्यसमितिले किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवसको शुभकामना कार्यक्रम चुम्लुङहिम, शोभाहिटी, ललितपुरमा गर्नेछ।
- ज्ञापनपत्र बुझाउने: संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा “निशुल्क र समान शिक्षा” को मागसहित राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभा सभामुख, राष्ट्रियसभा अध्यक्ष र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउनेछ।

प्रतिक्रिया