काठमाण्डौ भाद्र १६ गते सोमबार । उपत्यकामा हुने कार्यक्रमहरू ।


राजनीतिक र सामाजिक कार्यक्रमहरू

  • नेपाल दलित मुक्ति मोर्चाले “नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती” विषयक दुई दिने विचार गोष्ठी आयोजना गर्दैछ। यो कार्यक्रम बिहान ११:०० बजे नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा हुनेछ।
  • अखिल नेपाल ट्रेड युनियन महासंघले “मजदुरसँग सांसद अन्तरक्रिया” कार्यक्रम गर्दैछ। यस कार्यक्रमको उद्देश्य नेपालको श्रम ऐन, सामाजिक सुरक्षा ऐन, बोनस ऐन र ट्रेड युनियन ऐनको पुनर्लेखनबारे छलफल गर्नु रहेको छ। यो कार्यक्रम बिहान ११:०० बजे होटल सोल्टीमा हुनेछ।
  • सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालले दिउँसो १:०० बजे “दलहरु कति लोकतान्त्रिक ?” विषयक छलफल कार्यक्रम गर्दैछ। यसमा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो विचार राख्नुहुनेछ। यो कार्यक्रम अनामनगरस्थित सिलौटो कटेजको सभाहलमा हुनेछ।
  • नेपाल तरुण दल चन्द्रागिरि नगरपालिका वडा नं. ०२ को पाँचौँ वडा अधिवेशन बिहान ७:३० बजे विकेड भिल्ला रिसोर्ट, चन्द्रागिरि नगरपालिका वडा नं. ०२ मा हुनेछ।
  • नेपाल शिक्षक महासंघले दिउँसो ११:०० बजे जनता समाजवादी पार्टीको कार्यालय बालकुमारी, ललितपुरमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।
  • देशभक्त नागरिक मञ्चले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ध्यानाकर्षण गराउँदै भारतीय र चिनियाँ सरकारलाई पत्र बुझाउने कार्यक्रम गरेको छ। यो कार्यक्रम बिहान १०:०० बजे भाटभटेनी मन्दिरअगाडिको पिपलबोटमा हुनेछ।

शैक्षिक र संगठनात्मक कार्यक्रमहरू

  • प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले प्रस्तावित सङ्घीय शिक्षा ऐनको विरोधमा चक्रपथ परिक्रमा गर्दै स्कुल बस ¥याली गर्दैछन्। यो ¥याली बिहान ११:३० बजे कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की, हलचोक, बालाजु, सामाखुसी, नारायणगोपाल, चाबहिल र गौशाला चोकबाट सुरु हुनेछ।
  • राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शिक्षा विधेयकको प्रभावबारे जानकारी दिन दिउँसो १:०० बजे होटेल रोयल एयरपोर्ट, सिनामंगलमा पत्रकार सम्मेलन गर्दैछ।
  • संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा दिउँसो ३:०० बजे रिपोर्टर्स क्लब, भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्नेछन्।

संसदीय र सरकारी कार्यक्रमहरू

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा हुनेछ।