असार-३१, बुटवल। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली सामाजिक प्रतिष्ठानकी संरक्षक रारा सैंजुले आफ्नो जन्मदिन बुटवलस्थित बृद्धाआश्रममा पुगेर मनाउनु भएको छ ।

संरक्षक सैंजुले मंगलबार आफ्नो जन्मदिनको अबसर पारेर बुटवल उपमहानगरपालिका -२ स्थित श्री सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्दाआश्रमा आश्रति रहेका बुबाआमाहरुको सहजताको लागि करिब ८० हजार बराबरको हातधुने बेसिन निर्माण, पंखा र पिउने पानी शुद्धिकरणको लागि युरोगार्ड हस्तान्तरण गर्दै आफ्नो जन्मदिन मनाएको मिलिजुली सामाजिक प्रतिष्ठानका अध्यक्ष माधव शर्माले जानकारी दिएका छन ।

हस्तान्तरण कार्यक्रममा मिलिजुली सामाजिक प्रतिष्ठानकी संरक्षक रारा सैंजु, आश्रमका अध्यक्ष  महेश्वर प्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्री, पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, अन्तर्राष्ट्रिय जेसिसका पुर्व उपाध्यक्ष अणुपमान सैंजु, मिलिजुली सामाजिक प्रतिष्ठानका अध्यक्ष माधव शर्मा लगायतको समाजसेवामा ख्यातिप्राप्त ब्याक्तीहरुको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा बिटिआइका पुर्व निर्देशक प्रधुम्न लाल श्रेष्ठ र समाजसेवी तारा श्रेष्ठले आश्रममा रहेका बुबाआमाहरुलाई मिष्ठान्न लागि भोजन समेत गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानकी संरक्षक रारा सैंजुले  मिलिजुली सामाजिक प्रतिष्ठान तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले लामो समयदेखी  बृद्धाआश्रम, बालआश्रम र बिपन्न बालबालिकाहरुको लागि शैक्षिक सामाग्री बितरण गर्नुको साथै गृहणी महिलाहरुलाइ सिपमुलक तालिम दिदै आत्मनिर्भर बनाउदै आएको बताउनु भयो ।