बुटवल । मिलिजुली सामाजिक प्रतिष्ठान तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले सयुक्त रुपमा रुपन्देही जिल्लाको श्री शंकर आधारभुत बिधालयमा अध्यनरत बिधार्थीहरुलाई १ लाख बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ११ कदमीपुरस्थित श्री शंकर आधारभुत बिधालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्यनरत दुई सय जना बिधार्थीहरुको लागि आबश्यक शैक्षिक तथा खेलकुद सामाग्री प्रतिष्ठानकी संरक्षक रारा सैंजुको उपस्थितिमा हस्तान्तरण गरेको मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले जानकारी दिएका छन ।

आइतबार आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष दूधनाथ यादव बिद्यालयका
प्रधानध्यापक रुपनारायण चौधरी, बेलहिया मा. वि. ब्यवस्थापन समितीका अध्यक्ष देवराज न्यौपाने, नेपाल रेडक्रस बेलहिया उप शाखा नि. वर्तमान सभापति सुमन कुमार शर्मा गृहलक्ष्मी समूह बेलहियाकी संस्थापक अध्यक्ष देवि न्यौपाने, गृहलक्ष्मी समूह बेलहिया अध्यक्ष  मन्जु शर्मा रेग्मी, रेडक्रस स्वयंसेविका सारिका शर्मा , सितल शाही लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मिलिजुली सामाजिक प्रतिष्ठानका तर्फ बाट संरक्षक रारा सैंजु, अध्यक्ष माधव शर्मा, कार्यसमिति सदस्य चक्रपाणी अर्याल, सिर्जना सुवेदि, रेणु पाण्डे र सिद्धार्थ गौतम लगायतको उपस्थितिमा  बिधालयका बालबालिकाहरुको लागि ८०० थान कपि, ५०० थान सिसाकलम, ५०० थान डटपेन, फुटवल, भलिबल, क्रेकेट सेट, क्यारमबोर्ड, लुडो, स्केपिङ र ब्याडमिन्टन  लगायत सामाग्री हस्तान्तरण गरेको कार्यसमिती सदस्य चक्रपाणी अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानकी संरक्षक रारा सैंजुले  मिलिजुली सामाजिक प्रतिष्ठान तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले लामो समयदेखी  बिपन्न बालबालिकाहरुको लागि आबश्यक शैक्षिक सामाग्री बितरण गर्नुको साथै गृहणी महिलाहरुलाइ सिपमुलक तालिम दिदै आत्मनिर्भर बनाउदै आएको बताउनु भयो ।

उक्त सहयोग हस्तान्तरणको लागि वैदेशिक रोजगारको लागि साउदि अरबमा रहनुभएका ज्ञान बहादुर लामा, ओमराज कवर मगर, सायला लिम्बू र सन्तोष  लामाले कपि उपलब्ध गराउनु भएको थियो भने, रारा सैंजु कमल श्रेष्ठ, सुष्मा श्रेष्ठ, सोनिया चामलिङ राई, चक्रपाणी अर्याल, सुमन थापा, अजय पाण्डे, माधव शर्मा, पुर्णिामा श्रेष्ठ, सुवास श्रेष्ठ, सम्झना गौतम, शान्त कुमारी वाइबा र  रेणु पाण्डेले आर्थिक सहयोग उपलब्ध गरेको अध्यक्ष माधव शर्माले जानकारी दिएका छन ।