के. बि. थापा ( सुमन )
चैत्र ९ काठमाडौ, नेपाल बिधार्थी संघ त्रिवि समितले ४८ दिन अगाडी देखि ५ बुदे माग राखेर त्रिवि उपकुलपति कार्यालयमा राखेकाे अनसन सुरु गरेकाे थियाे । त्रिभुवन बिश्वविद्यालय र नेपाल बिधार्थी संघ बिच ६ बुदे सहमति भई अाज उपकुलपति कार्यालयमा राखिएकाे अनसन ताेडिएकाे छ ।

स्वतन्त्र बिधार्थी युनियनकाे निर्वाचन जेष्ठ ३० गते सम्ममा सम्पन्न गर्नका लागि केन्द्रीय बिधार्थी संगठनहरु, सराेकारवालासँगकाे सर्वपक्षीय छलफल गरि सहमतिका अाधारमा प्रक्रिया अगाडि बढाउने र पुर्ण कार्यतालिका ल्याउन जेठ २५ गते भित्र सर्वपक्षिय छलफल अायाेजना गर्ने सहित नेबिसंघ त्रि बि समितीले उठाएका अन्य माग सम्वाेधन गर्न त्रिविका पदाधिकारी सहमत भएपछि अनसन ताेडिएकाे ने.वि.संघका नेता ई.भुवन भट्टले बताएका छन ।

आज त्रिविका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा.शिवलाल भुसाल र ने.वि.संघ त्रिवि समितिका अध्षक्ष डा.श्यामचन्द्र अधिकारी बिच ६ बुदे सहमति भएकाे छ ।

त्रिविका शिक्षाध्यक्ष र ने.वि.संघ त्रविका अध्यक्ष बिच त्रिभुवन विश्वविद्यालय स्वतन्त्र बिधार्थी युनियनकाे चुनाव सम्पन्न गर्ने सन्दर्भमा सम्वन्धित केन्द्रीय बिधार्थी संघ, संगठन लगायत सराेकारवाला सँगकाे सर्वपक्षीय सहमतिको अाधारमा अगामि जेठ ३० गतेसम्ममा सम्पन्न गर्नका लागि अावश्यक प्रक्रिया अगाडि बढाउने, बिगतमा त्रिवि र नेपाल बिधार्थी संघ बिश्वबिद्धालय समितिबिच गरिएकाे २३ बुदे सम्झाैता मध्ये कार्यान्वयन हुन बाकि रहेका कतिपय बुदाहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने र केन्द्रीय क्याम्पस अन्तर्गतका समस्या सामाधनका निम्ति बिश्वविद्यालय क्याम्पसका प्रिन्सिपलकाे संयाेजकत्वमा सर्वपक्षीय समिति गठन गरि छलफल अगाडि बढाउने र साे काे लागि जेठ २५ गते भित्र सर्वपक्षीय छलफल अायाेजना गर्ने, सहमति भएको छ ।

तेस्तै समाजशास्त्र केन्द्रीय बिभागकाे समस्या सामाधान गर्ने सन्दर्भमा अावश्यक छलफल एवं परामर्श गरि दुई महिनाभित्र राय सुझाज पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने, काेभिड-१९ का कारण ढिलाेगरि सञ्चालित परिक्षाहरुकाे नतिजा यथाशीघ्र प्रकाशित गर्न र त्र.विकाे शैक्षिक क्यालेण्डरकाे कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने, बिश्वविद्यालय अन्तर्गतका सम्वन्धित सवै पक्षबाट भए गरेका कमि कमजोरीहरुकाे समीक्षा गर्दै अागामी अावश्यक समन्वय ,बार्ता एवं छलफलबाट अगाडि बढ्न सम्वन्धित पक्ष प्रतिवद्ध रहने र नेपाल बिधार्थी संघ त्रिवि समिति द्वारा बिगत ४८ दिन देखि उपकुलपति कार्यालयमा गरिएकाे रिले अनशन तथा त्रिवि पदाधिकारीकाे कार्यकक्षकाे तालाबन्दी लगायतका सम्पुर्ण बिराेधका कार्यक्रमहरु अाजकै मितिदेखि फिर्ता लिने ६ बुदे सहमति भएकाे छ ।

सहमति अनुसारकाे मागहरुकाे कार्यान्वय नभए त्रिविमा थप अान्दोलन सहित खबरदारि जारि रहने बार्तामा उपस्थित ने.वि.संघ त्रिविका अध्यक्ष डा. श्यामचन्द्र अधिकारी, ने.वि.संघ पुर्व केन्द्रीय सदस्य प्रेमिका रानामगर, नेताहरु ई.भुवन भट्ट, धर्मराज शाही, गणेश भण्डारि, हिक्मत खड्का लगायतले चेतावनि दिदै सहमतिमा हस्ताक्षर गरेको बिद्यार्थी नेता धर्मराज शाहिले बताए ।

त्रिविका उपकुलपति धर्मकान्त बास्काेटा, रजिस्ट्रार डा.पेशल दाहाल, रेक्टर प्रा.डा. शिवलाल भुसाल र ने.वि.संघ पुर्व काेषाध्यक्ष शिव रिमालले अनसन स्थलमा जुस खुवाउदै अनसन तोडाएका थिए ।