के. बि. थापा ( सुमन)

चैत्र ८, काठमाडौ, टिकटक मिलिजुली परिवार सहयोग सामाग्री सहित बर्दिबासको मुसहर बस्तिमा पुगेको छ ।

टिकटक मिलिजुली परिवारले चैत्र ७ गते बर्दिबासमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना मुसहर बस्तिका अति बिपन्न परिवारका ९० जना बालबालिकालाई पठनपाठनमा आबश्यक झोला, जुत्ता, कपि, कलम बितरण गरेकोछ ।

धुर्मुस सुुन्तली फाउन्डेसनद्दारा निर्मित बर्दिबासको एकिकृत नमुना मुसहर बस्तिमा (Rotaract Club Bardibas) ले आयोजना गरेको कार्यक्रममा ” मिलिजुली टिकटक परिवार र कोशेली छाला जुत्ता कम्पनी “” द्वारा सयुक्त रुपमा मुसहर बस्तिका ९० जना बालबालिका हरुलाइ ९० वटा स्कुल ब्याग, ९० जोर छालाको जुत्ता र १ सय दर्जन कपि/कलम वितरण गरेको थियो ।

सेवा नै धर्म हो भन्ने मुल नारा लिएर झन्डै ६ महिना अगाडी टिकटक बाट जोडिएको टिकटक मिलिजुली परिवारले यस अगाडि २ दर्जन भन्दा बढी संघसंस्था तथा ब्याक्तिलाइ सहयोग हस्तान्तरण गरिसकेको र आगमी दिनमा यस्ता कार्यलाइ अझै फराकिलो पार्दै लैजाने परिवारका अध्यक्ष राजन कडेलले बताउनु भयो ।

उक्त कार्यक्रममा सहभागी हुन टिकटक मिलिजुली परिवारमा आबद्ध काठमाडौ बाट १५ जना र चितवन बाट ४ जना सकृय सदस्य बर्दिबासको मुसहर बस्तिमा पुगेका थिए । जसमा चितवन निवासी साया सिग्देल आफ्नो ६ महिनाको दुधे बालक काखी च्यापेर सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी हुन मुसहर बस्ती पुगेकी थिइन ।

सोही कार्ययक्रममा टिकटक मिलिजुली परिवारका सदस्य सृजना खड्का र अमृता भट्टराईले आफ्नो जन्म दिनको अबसरमा केक काटन छोडेर ९० जोर मोजा मुसहर बस्तिका बालबालिकालाई बितरण गर्दै उदाहरणिय काम गरेका छन ।

कार्यक्रमको अन्त्यमा Rotaract Club Bardibas ले मोलिजुली परिवारका सदस्य हरुलाइ मायाको चिनो प्रदान गरेको थियो ।