काठमाडौ- २७, महाशिवरात्रीको अबसरमा पशुपतिनाथ मन्दीर दर्शन गर्ने भक्तजनहरु बिहानै देखि लाइनमा बसेका छन ।

पशुपतीनाथ मन्दिर दर्शन गर्नको लागि भक्तजनहरुलाई मित्रपार्क- गौरिघाट, उमाकुण्ड हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट-१ लाइन,
जयबागेश्वरी, भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट १ लाइन र बत्तिशपुतली गौशाला, एयरपोर्ट- तिलगंगा भएर सुमार्गी भवन अगाडी हुँदै दक्षिण ढोकाबाट -१ लाइन गरि जम्मा ३ लाइन भएर दर्शन गर्ने ब्यबस्था मिलाइएको छ ।

बिगतका बर्षहरुमा जस्तो यस बर्षको शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको उपस्थिति कम रहेको छ । कोभिड माहामारिको कारण केही समय अघि मात्र पशुपतिनाथ मन्दीरमा दर्शनार्थीलाई प्रवेश खुल्ला गरिएको थियो ।

यस बर्ष भारत तथा अन्य छिमेकी देश बाट आउने भक्तजन तथा साधुहरुको उपस्तिथि एकदमै न्यून रहेको छ ।