भाद्र २९, काठमाण्डौ- गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले बालगृह पुगेर बालबालिकाहरु संग रमाउदै मनायो  राष्ट्रिय बालदिवस ।

६० औ राष्ट्रिय  बालदिवसको अबसर गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले काठमाण्डौको हत्तिगौडास्थित न्यु  बालगृहमा रहेका २० जना बालबालिकाहरु संग केक काटेर खुसियाली साटदै बालदिवस  मनाएको छ ।

लामो समयदेखि  बिपन्न बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्दै यस प्रतिष्ठानले शनिबार न्यु बलगृहमा रहेका २० जना बालबालिकालाई आबश्यक खाजा चाउचाउ, बिस्कुट, भुजा, केराउ र फलफूल लगाएत सामाग्री बितरण गरेको मिलिजुली परिवारकी संरक्षक रारा सैंजुले बताउनु भयो ।

हरेक वर्ष भदौ २९ गते मनाउने राष्ट्रिय बालदिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्दै संरक्षक रारा सैंजुले  बालबालिकाहरु  घरपरिवार, समाज र राष्ट्रकै गहना  भएको बताउनु भयो । बालबालिका नभएको संसार त कल्पना पनि गर्न सकिँदैन, बालबालिकालाई राम्रोसँग हुर्कन, बढ्न, पढ्न, ज्ञान तथा सिप सिक्न पाउने वातावरण बनाइदिनु र उनीहरूलाई कुनै पनि हेला, भेदभाव, दुर्व्यवहार, दुःख, अप्ठ्यारो आदिमा पर्नबाट बचाउनु अभिभावक, समाज एवं सरकारको दायित्व रहेको बताउनु भयो ।

२०५९ सालबाट संचालनमा आएको न्यु बालगृहमा हाल २० जना बाललबालिका आश्रति रहेको  बालगृहकी अध्यक्ष उर्मिला नेपालिले जानकारी दिनुभएकोछ । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालीले बालगृह विभिन्न सहगोगी हातहरुको सहयोगमा नै संचालन हुँदै आएको बताउनु भयो । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले न्यु बालगृहलाई पटकपटक सहयोग प्रदान गर्दै बालगृहप्रती देखाएको माया र सदभावलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।