०८१ भाद्र २२
काठमाडौं।

आज दस पार्टी भेन्यु एण्ड रिसेप्सन कालीमाटीमा गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको समिक्षा बैठक बसेको छ। बेलुका बसेको उक्त बैठकबाट २ दिने कार्यक्रम सार्वजनिक भएको छ।
बिरोध कार्यक्रम :
१. २०८१/०५/३१ गते मसाल जुलुस प्रदर्सन ।
२. २०८१/०६/०३ गते माइतीघर मण्डला( फिब्व: ख्य) मा विशाल बिरोध प्रदर्शन ।

साथै यस आन्दोलनमा साथ सहयोग गरिरहेका बिभिन्न पक्षलाई उक्त बिरोध कार्यक्रममा समर्थन गर्न आग्रह गरिएको छ। सुमन सायमीको संयोजकत्वमा शुरु भएको कार्यक्रममा केशव झा, स्वागत नेपाल, राजाराम तण्डुकार, अनुज थापा, मनिराम चौलागाईं लगायत अन्य वक्ताहरुले आन्दोलनमा समर्थन जनाएका थिए। कार्यक्रम रबिन्द्र कुमार श्रेष्ठले संचालन गरेका थिए।