काठमाडौ माघ २८, स्वतन्त्र बिधार्थी युनियन निर्वाचन घोषणाको ५ सुत्रीय माग सहित त्रि बि उपकुलपतिको कार्यालयमा रिले अनशन जारी रहेको छ ।
नेपाल बिद्यार्थी संघ त्रि बि समितिले ५ सुत्रिय माग राखेर त्रिभुवन बिश्वबिधालय उपकुलपतिको कार्यालयमा गएको ८ दिन देखि रिले अनसन जारी राखेका छन । आठ दिन देखि जारी रहेको अनसनमा बुधबार नेबिसंघ कर्णाली प्रदेश-काठमाडौ सम्पर्क समितिको तर्फबाट सहभागी रहेको थियो ।
आजको अनसनमा एेक्यबद्धता जनाउनेमा कर्णाली प्रदेश – काठमाडौ सम्पर्क समितिका अध्यक्ष धर्मराज शाही, सम्पर्क समितिका उपाध्यक्षत्रय मदन शाही, जितेन्द्र शाही, हस्त बहादुर हमाल र बिद्यार्थी नेता केशब शाही रहेको साथै माग पूरा नभए सम्म रिले अनसन जारी रहने समितिका अध्यक्ष धर्मराज शाहिले जानकारी दिएका छन ।
अनसनस्थलमा नेपाल तरुण दलका महामन्त्री एंबम काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाही र नेबिसंघका महामन्त्री दिपक भट्टराई समेत उपस्थिति थिए । त्रिबिका सभापति डा. श्यामचन्द्र अधिकारीले यस कार्यक्रमलाई उपकुलपतिले ब्यवास्ता गरेको खण्डमा अझ कडा-कडा अनशनका कार्यक्रम सार्बजनिक गर्ने चेतावनी समेत दिएका छन ।
नेपाल बिद्यार्थी संघ त्रि बि समितिले राखेका मागहरु ।
१. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नु पर्ने ।
२. कोभिड-१९ को कारणले लामो समयपछि भएको परिक्षा र त्रि बि को नतिजा प्रकाशनमा हुने ढिला सुस्तिले बिद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएको हुदा एक महिना भित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नु पर्ने ।
३. त्रि बि को क्यालेन्डर अनुसारको नया भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने ।
४. नेपाल बिद्यार्थी संघ त्रि बि समिती र त्रिभुवन बिश्वबिधालय बिच भएको १३ बुदे सहमति कार्यान्वयन गर्नुपर्ने ।
५. त्रि बि को प्राध्यापक तथा बिद्यार्थी संगठनको नेतृत्वलाई षड्यन्त्र पुर्वक बदनाम गराउने तथा झुटो मुद्दा लगाउने कार्य बन्द गर्नुपर्ने ।
त्रिभुवन बिश्वबिधालय उपकुलपतिको कार्यालयमा रिले अनसन जारी ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…



प्रतिक्रिया