काठमाडौ माघ २८, स्वतन्त्र बिधार्थी युनियन निर्वाचन घोषणाको ५ सुत्रीय माग सहित त्रि बि उपकुलपतिको कार्यालयमा रिले अनशन जारी रहेको छ ।

नेपाल बिद्यार्थी संघ त्रि बि समितिले ५ सुत्रिय माग राखेर त्रिभुवन बिश्वबिधालय उपकुलपतिको कार्यालयमा गएको ८ दिन देखि रिले अनसन जारी राखेका छन । आठ दिन देखि जारी रहेको अनसनमा बुधबार नेबिसंघ कर्णाली प्रदेश-काठमाडौ सम्पर्क समितिको तर्फबाट सहभागी रहेको थियो ।

आजको अनसनमा एेक्यबद्धता जनाउनेमा कर्णाली प्रदेश – काठमाडौ सम्पर्क समितिका अध्यक्ष धर्मराज शाही, सम्पर्क समितिका उपाध्यक्षत्रय मदन शाही, जितेन्द्र शाही, हस्त बहादुर हमाल र बिद्यार्थी नेता केशब शाही रहेको साथै माग पूरा नभए सम्म रिले अनसन जारी रहने समितिका अध्यक्ष धर्मराज शाहिले जानकारी दिएका छन ।

अनसनस्थलमा नेपाल तरुण दलका महामन्त्री एंबम काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाही र नेबिसंघका महामन्त्री दिपक भट्टराई समेत उपस्थिति थिए । त्रिबिका सभापति डा. श्यामचन्द्र अधिकारीले यस कार्यक्रमलाई उपकुलपतिले ब्यवास्ता गरेको खण्डमा अझ कडा-कडा अनशनका कार्यक्रम सार्बजनिक गर्ने चेतावनी समेत दिएका छन ।

नेपाल बिद्यार्थी संघ त्रि बि समितिले राखेका मागहरु ।

१. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नु पर्ने ।
२. कोभिड-१९ को कारणले लामो समयपछि भएको परिक्षा र त्रि बि को नतिजा प्रकाशनमा हुने ढिला सुस्तिले बिद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएको हुदा एक महिना भित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नु पर्ने ।
३. त्रि बि को क्यालेन्डर अनुसारको नया भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने ।
४. नेपाल बिद्यार्थी संघ त्रि बि समिती र त्रिभुवन बिश्वबिधालय बिच भएको १३ बुदे सहमति कार्यान्वयन गर्नुपर्ने ।
५. त्रि बि को प्राध्यापक तथा बिद्यार्थी संगठनको नेतृत्वलाई षड्यन्त्र पुर्वक बदनाम गराउने तथा झुटो मुद्दा लगाउने कार्य बन्द गर्नुपर्ने ।