भाद्र १६ काठमाडौं । गणेशमान कृष्णप्यारि स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले बालआश्रममा आश्रति रहेका बालबालिकाहरु संग खुसी साटदै तिज कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली हिन्दु महिलाहरुको माहान चाड हरितालिका तिजको अबसरमा शनिबार काठमाडौं बबरमहलस्थित विबेक स्वच्छ सेवा केन्द्रमा आश्रति रहेका ३५ जना बालबालिकाहरु संग खुशी साट्दै तिज कार्यक्रम मनाएको मिलिजुली परिवारका सचीव अजय पाण्डेले बताएका छ्न ।

बिगत लामो समयदेखी सामाजिक सेवामा सकृय रहदै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले आयोजना गरेको उक्त कार्यक्रममा मिलिजुली परिवारका अध्यक्ष माधव शर्मा,  विबेक स्वच्छ सेवा केन्द्रकी संचालिका रेविका सहनी, हातेमालो मानव सेवा फाउन्डेसनका अध्यक्ष संजय श्रेष्ठ र नेपाली टिकटक हर्ट ग्रुपका काठमाडौं अध्यक्ष कृष्ण केसि लगायत मिलिजुली परिवारका सदस्य तथा केन्द्रका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै  मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले विबेक स्वच्छ सेवाका केन्द्रमा आश्रति रहेका बालबालिका संगै तिज कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्नुको  साथै गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको तर्फ बाट विबेक स्वच्छ सेवा केन्द्रको लागि नगद रु १० हजार र ८ लिटरको प्रेसर कुकर प्रदान गर्नुभएको थियो ।

आफ्नो जन्मदिनको अबसरमा   कोसेली छालाजुत्ता उद्योगका संचालक युवा उधमी प्रचुर श्रेष्ठले मिलिजुली परिवार मार्फत विबेक स्वच्छ सेवा केन्द्रमा रहेका ३५ जना बालबालिकाहरुको लागि ३५ जोर छाला जुता र ३५ जोर मोजा उपलब्ध गराएका छन । कार्यक्रममा मिलिजुली परिवारमा आवद्ध रहेर सामाजिक कार्यमा अग्रसर रहने सदस्यहरुलाई  सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै हातेमालो मानव सेवा समाजका अध्यक्ष संजय श्रेष्ठले तिजको अबसरमा एक महिना अघिदेखि सुरु हुने  दर कार्यक्रम पछिल्लो समय एकदमै खर्चिलो र भड्किलो हुँदै गएको छ ।  तर पनी मिलिजुली परिवारले यसरी आश्रममा रहेका बालबालिका संग खुसी साटदै तिज विशेष कार्यक्रम गर्नु एकदमै सराहनीय रहेको बताउनु भयो ।

बिवेक स्वच्छ सेवा केन्द्रकी संचालिका रेविका सहनीले गणेशमान कृष्णयारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले निस्वार्थ भावना सहित खुल्ला हृदयले गरेको बिपन्न बालबालिकाको शिक्षा र गृहणीमहिला दिदिबहिनीहरुलाइ सिपमुलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने कार्यले निरन्तर पाउने बताउनु भयो । तेस्तै नेपाली टिकटक हर्ट ग्रुपका काठमाडौं  अध्यक्ष कृष्ण केसी  ले कार्यक्रम सफलताको साथसाथै हरितालिका तिजको शुभकामना व्यक्त गर्नुभयो ।

शनिबार नै मिलिजुली परिवारले आफ्नो लक्की ड्र बिजेता घोषणा गरेको छ । जसमा बुटवलका शरण श्रेष्ठले प्रथम पुरस्कार तेस्तै भोजपुरकी मन्जु कार्किले द्वितीय पुरस्कार र काठमाडौंका हरिकुमार श्रेष्ठले तृतीय पुरस्कर प्राप्त गरेका छ्न । साथै अन्य ३३ जनाले पुरस्कार जित्न सफल भएका छन ।

लामो समयदेखी मिलिजुली परिवारमा आवद्ध भएर बिदेशमा रहनु हुने ज्ञान बहादुर लामा, साइला लिम्बू, सन्तोष लामा र ओमराज कवर मगरले मुख्य प्रायोजन गरेको उक्त तिज विशेष कार्यक्रमलाई सोनिया चामलिङराइले संचालन गर्नु भएको थियो ।