श्रावण १६, काठमाडौं – पुर्व भुमिसुधार राज्यमन्त्री  स्व. रामचन्द्र राय यादवको सम्मानमा राष्ट्रिय एकता अभियानले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पुर्व मन्त्री यादवको गत श्रावण ६ गते आफ्नै निवासमा हत्या भएको थियो ।

बुधबार काठमाडौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा
राष्ट्रिय एकता अभियानका अध्यक्ष बिनय यादव, राप्रपा पुर्व अध्यक्ष  पशुपती शमशेर जबरा, पुर्व परराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनी, जसपा नेपालका नेता अशोक यादव, लगाएत विशिष्ट ब्याक्तीहरुको उपस्थिति रहेको थियो । स्व. यादवको जिवनी, योगदान र स्मृतिहरूमा सम्मान प्रकट गर्दै  श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै पुर्व राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख हरिबाबु चौधरीले पुर्व भुमिसुधार राज्यमन्त्री स्व. रामचन्द्र राय यादवप्रती श्रद्धाञ्जली व्यक्त गर्दै तराइका समाजसेवी नेताका रुपमा चिनिएको बताएका छन ।

श्रद्धाञ्जली सभालाइ सम्बोधन गर्दै राप्रपा का पुर्व अध्यक्ष पशुपतिशमशेर जबराले स्व. रामचन्द्र राय यादवको अत्यन्त रहस्यमय ढंगले जुन हत्या भएको छ यसरी हत्या गर्नु अक्षम्य अपराध हो । स्व. यादवको नाम इतिहासमा सधै अमर रहने ! यादव सर्लाहीको प्रसिद्ध ब्याक्ति भएकोले उहाको सम्झना सधै जिवित रहने पुर्ण बिश्वास रहेको बताउनु भयो ।

कार्यक्रमको आयोजक राष्ट्रिय एकता अभियानका अध्यक्ष बिनय यादवले कार्यक्रमलाई सम्बोधन गर्दै स्व. रामचन्द्र राय यादव राष्ट्रिय एकता अभियानको गतिविधिमा चिन्तन र प्रोत्साहन गर्ने अभिभावक भएको बताए । सर्लाहीमा गतबर्ष भएको धार्मिक द्वन्द्वमा हिन्दु समाज माथी भएको दमन, अत्याचार प्रती अत्यन्त चिन्तित, कृषि र मधेसमा भएको छाडापनको चिन्तन गर्ने, राजनीति भ्रष्टाचारको अन्त गर्न लागि पर्ने नेता मधेशले गुमाएको बताउनु भयो ।

सर्लाही चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको आफ्नै घरमा सुतिरहेको अबस्थामा  श्रावण ६ गते धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।
हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय वीरेन्द्र राय रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरी अनुसन्धान जारी रहेको छ ।