श्रावण १५, बुटवल ।  वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैंजु स्मृति प्रतिष्ठानले मंगलबार एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ९ जनालाइ सम्मान गरेको छ ।
कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैजुको ९२ औ र समाजसेवी कृष्णप्यारी सैजुको ९१ औ जन्म जयन्ती तथा उहाँहरूको स्मृतिमा योगदानको स्मरण गर्दै भजनकृतन, कविता बाचन सहित समाजसेवा मार्फत राष्ट्रलाई विशेष योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरुलाइ सम्मान  गरेको प्रतिष्ठानले जनाएको छ ।

यस प्रतिष्ठानले सामाजिक सेवमा समर्पित  मिलिजुली परिवार संस्थालाई विपन्न बालबालिकाको शिक्षाको लागी  र गृहणी महिलाहरूलाई आत्मनिर्भर बनाउन सिप सिकौ,उधमी बनौ भन्ने उदेश्य लिएको कार्यक्रममा सहयोग सहकार्य गर्दै आएको  प्रतिष्ठानका एंव मिलिजुली परिवारकी संरक्षक रारा सैजुको अगुवाई भईरहेको छ।

प्रतिष्ठानका सांरक्षक अनुमान सैंजुले  संचालन गरेको कार्यक्रममा  प्रतिष्ठानका अध्यक्ष  महेश्वर प्रसाद श्रेष्ठ नेपाली सेनाका सहायक रथी पुरूषोतम खड्का,  विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेसका अध्यक्ष  बेन बहादुर पौडेल क्षेत्री, साहित्यकार टिका प्रसाद लामिछाने, नेपाल नेत्र ज्योति संध ,रूपन्देहिका अध्यक्ष सागर प्रताप राणा,अर्थोपेडिक सर्जन डा.चक्रराज पाण्डे, अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवन सिहं बिश्वकर्मा र  बुटवल उधोग वाणिज्य संघका पूर्व अध्यक्ष अर्जुन मान सैजु, मिलिजुली परिवारका अध्यक्ष माधव शर्मा लगायत विशिष्ट ब्याक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिष्ठानले  कला,साहित्य, शिक्षा, स्वास्थ्य, पत्रकारिता, समाजसेवा, खेलकुद लगायत विभिन्न‌ क्षेत्रमा राष्ट्रलाई योगदान पुर्याउने संध संस्था र व्यक्तिलाई सम्मानित गर्दै आएको छ । आज सम्मानित हुनेहरुमा साहित्य, शिक्षा सेवा क्षेत्रबाट राष्ट्रलाई योगदान पुर्‍याउने साहित्यकार  टिका प्रसाद लामिछाने, स्वास्थसेवा मार्फत राष्ट्रलाई योगदान पुर्‍याउने  व्यक्तित्व वरिष्ठ अर्थोपेडिक डा.चक्रराज पाण्डे, पहिलो अन्टार्कटीका पुग्ने नेपाली भुवन सिहं बिश्वकर्मा, समाजसेवी सागर प्रताप राणा, साहित्यका डा.हिरणलाल ज्ञवाली, समाजसेवी एजाज आलम, क्रियाशि पत्रकार भगवती पाण्डे, सामाजिक अभियन्ता रेबिका थापा र शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने धनश्याम बराललाई सम्मान गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले  यो बर्ष अगाडी बढाएका सामाजिक कार्य योजनाहरु।
१. कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजु शिक्षा छात्रबृद्धि अक्षयकोष स्थापना  नवज्योति बालकुण्ज रू ५०,१२१/- (पहिला पनि ५१ हजार दिएको)
२. गणेशमान सैजु स्मृति पुस्तकालय ,कपिलबस्तु
सुभारम्भको लागी सहयोग रु ११,५११/- हस्तान्तरण ।
३. कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजु शिक्षा छात्रबृद्धि अक्षयकोष स्थापना रू २५,११०/-
मिलिजुली परिवार ( बिपन्न बालबालिकाको लागी शिक्षा कार्यक्रम )
४. कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजु विपन्न गृहणी महिला उधमी अक्षयकोष स्थापना रू २५,११०/- ( मिलिजुली परिवार( (विपन्न गृहणी महिला सिप सिकौ,उधमी बनौ कार्यक्रम )