काठमाडौ- गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी सदस्य सोनिया चामलिङ राइले एकपछि अर्को सफलता हात परेकी छ्न । बिहिवार काठमाडौको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आयोजना गरिएको नेपाल-भारत कल्चर फेस्टिभल  तथा फेसन सोमा राइले  सेकन्ड रनर अपको ताज पहिरिन सफल भएकी हुन ।

ताज  ग्रहणपछि मिलिजुली परिवारकी सदस्य  सोनिया राइले आफूमा समाज र देशप्रतिको जिम्मेवारी थपिएको महसुस गर्दै समाजप्रतिको आफ्नो भूमिका र योगदान अझै फराकिलो बनाउदै लाने प्रतिबद्ध व्यक्त गर्दै  आयोजक संस्था र यसका नेतृत्वकर्ताहरुप्रति हार्दिक  आभार प्रकट गरेकी छिन्

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारमा आवद्ध रहेर सामाजिक सेवामा सकृय रहदै आएकी राइले गत हप्ता काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित मिसेस आदिवासी छनौट कार्यक्रममा फस्ट रनर अपको ताज  पहिरिन सफल भएकी थिइन ।

नेपाल-भारत कल्चर फेस्टिभल  अवार्ड बितरण कार्यक्रममा प्रतिनिधि सभाका  उपसभामुख माननीय  इन्दिरा राना,  बलिउड अभिनेत्री जयप्रभा नहता, चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसि लगायत नेपाल भारतका ख्यातिप्राप्त कलाकारहरु साथै मिलिजुली परिवारक सदस्यहरुको  उपस्थिति रहेको मिलिजुली परिवारका सदस्य पुर्णिामा श्रेष्ठले जानकारी दिनुभयो ।

एकपछि अर्को सफलता हासिल गर्दै संस्थाको नाम उच्च राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै राइलाइ  गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैंजु, अध्यक्ष माधव शर्मा, उपाध्यक्षद्वय, ज्ञान बहादुर लामा र सुमन थापा लगायत सम्पूर्ण मिलिजुली परिवारले बधाई तथा शुभकामना दिएको मिलिजुली परिवारका सचीव अजय पाण्डे जानकारी दिएका छन ।