विश्व बैंकले दिने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरियो।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिन्।

यसैगरी, बैठकले नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना एजेन्डा स्वीकृत गर्ने र केही संस्थानहरूमा नियुक्तिहरू लगायत २१ वटा निर्णय गरेको छ।