चैत्र १०,  काठमाडौं- गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले  बालगृहमा आश्रति रहेका बालबालिकाको लागि ३५ हजार बराबरको खाध्यन्न सामग्री हस्तान्तरण गरेको  छ ।

शनिबार बुढानिलकण्ठ नगरपालिका-६  हत्तिगौडास्थित न्यु बालगृहमा पुगि बालगृहमा आश्रति रहेका २२ जना बालबालिकाको लागि ३५ हजार बराबरको आबश्यक खाध्यन्न सामग्री तथा स्टेसनरी हस्तान्तरण गरेको कार्यक्रम संयोजक तथा मिलिजुली परिवारका सचिव अजय पाण्डेले बताएका छ्न ।

२०५९ सालमा बाट संचालनमा आएको न्यु बालगृहमा हाल २२ जना बाललबालिका आश्रति रहेको  बालगृहकी अध्यक्ष उर्मिला नेपालिले जानकारी दिनुभएकोछ । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालीले बालगृह विभिन्न सहगोगी हातहरुको सहयोगमा नै संचालन हुँदै आएको बताउनु भयो । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले न्यु बालगृहलाई पटकपटक सहयोग प्रदान गर्दै बालगृहप्रती देखाएको माया र सदभावलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा मिलिजुली परिवारका उपाध्यक्ष सुमन थापा सहित झन्डै २ दर्जन मिलिजुली परिवारका सदस्यको उपस्थिति रहेको थियो । मिलिजुली परिवारले हाल सम्म ९१ वटा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।