(के. बि. थापा सुमन)
पौष १८ गते काठमाडौ, मिलिजुली टिकटक परिवारले क्यान्सर पिडित महिलालाइ नगद रु ७५ हजार ५ सय १५ सहयोग हस्तान्तरण गरेको छ ।
मानव सेवा नै मुल धर्म हो भन्ने मुल नाराका साथ मिलिजुली टिकटक परिवारले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ रुपन्देही निवासी हाल पठेघर क्यान्सर रोग बाट पिडित ५१ बर्षिया ज्योति पौडेललाई उपचार को लागि उक्त रकम हस्तान्तरण गरेको हो ।
मिलिजुली परिवारमा आवद्ध करिब ३ दर्जन सदस्यहरु ललितपुर बालकुमारीस्थित अभिनाश चर्चमा जम्मा भै बिरामिलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले बिरामिका श्रीमान सुनिल पौडेललाई उक्त रकम हस्तान्तरण गरेका छन ।
मिलिजुली टिकटक परिवारले बालआश्रम, बृद्वाआश्रम गरिब दिनदुखी हरुको हितमा विगत ५ महिना देखि काम गर्दै आएको कार्यक्रम संयोजक माधव शर्माले बताउनु भयो थियो ।
ललितपुर हत्तिवनस्थित नेपाल क्यान्सर अस्पतालमा २ महिना देखि उपचारत बिरामीको उपचारमा हाल सम्म करिव ४ लाख खर्च भैसकेको छ भने उपचारमा अझै ५ लाख खर्च लाग्ने बिरामिका श्रीमन सुनिल पौडेलले बताउनु भयो ।
साथै उक्त कार्यक्रममा नेपाली माइकल ज्याक्सन नामले परिचित दोलखाका रेवन सापकोटालाइ पनि मिलिजुली टिकटक परिवारले सम्मान स्वरुप नगद रु २५ हजार हस्तान्तरण गरेको थियो ।
हाल माइकल ज्याकसनको नामले चिनियका रेवन सापकोटा नेपाली गित संगितलाइ बिश्व बजारमा चिनाउने र नेपाली पुरना मठ मन्दिर र पर्यटकिय स्थलहरुलाइ बिश्व सामु प्रचार गर्न्ने अभियानमा लागेका छन ।
असहाय दिनदुखिको साहारा बन्दै मिलिजुली टिकटक परिवार ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…








प्रतिक्रिया