काठमाण्डौ । लो.स.पा. का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीबाट विद्रोह गरी बहुल राष्ट्रिय राज्य नेपाल स्थापनाको लागी ” राष्ट्रिय मुक्ति क्रान्ती” को शुरुवात गरेका छन् । यसै क्रममा काठमाडौ उपत्यकामा भइ रहेको आदिवासी नेवाःहरू माथिको विभिन्न अतिक्रमण विरुद्ध संघर्ष गरिरहेका विभिन्न संघ संगठन तथा संघर्ष समितिहरु विचमा अब कसरी अगाडी बढ्ने सन्दर्भमा  रणनितिक छलफल भएको छ । 

गत शुक्रवार भएको एक कार्यक्रममा काठमाडौ उपत्यका का संघर्ष समितिहरु लगाएत नेवाः अभियन्ताहरू र अग्रज नेवाः नेतृत्वहरुको विचमा उक्त छलफल तथा प्रशिक्षण सम्पन्न भएको थियो । समान नेपालको संयोजनमा भएको छलफल समान नेपालका प्रवक्ता आर.के तामाङले स्वनिगःका नेवाः राष्ट्रको आत्मगौरव स्थापनाको लागि नेवाः राष्ट्रिय परिषद विषयमा आफ्नो प्रस्तुती गरेका छन् ।

उपत्यका विशेष व्युरोका संयोजक रविन्द्र कुमार श्रेष्ठले वहुलराष्ट्रिय राज्य स्थापनार्थ संवादात्मक प्रस्तुती शिर्षकका नेवाःहरूको अवको रणनितिक तथा कार्यदिशा प्रस्तावना पेस गरेका छन् । प्रस्तावनाका सन्दर्भमा विभिन्न छलफलहरु भएको छ भने अव नेवाःल्याण्ड स्थापनाको लागि वैचारिक राजनैतिक रुपमा नै अघि वढ्नु पर्ने निश्कर्ष निकालेको छ । समान नेपालका संयोजक सि.एन थारुले कार्यक्रमको समापन गर्दै नेवाःहरूले पटक पटक अरुका लागि लडेको तर पहिलो पटक आफ्‌नो लागि आफै लड्नको लागि रणनितिक तथा कार्यनितिक छलफल गरेकोमा शुभकामना व्यक्त गरे ।

यसैक्रममा आज फागुन ६ गते झापाको विर्तामोडमा एक छलफल कार्यक्रम राखिएको छ । जस्मा नेता राजेन्द्र महतो, संजुहाङ पालुङ्वा, केशव झा, के.पी. पालुङवा लगायतले संवोधन गर्नेछन् भने यति खेर राजेन्द्र महतो अहिले पुर्बी नेपालको दौडाहामा निस्किएका छन ।