फाल्गुन ५ दोलखा, नेपाली समाजसमा पुराना कला सस्कृती  हराउदै जानेक्रम  चलिरहेका बेला नेपाली पञ्चेबाजा लाई जोगाउन वडा अध्यक्ष तारानाथ चौलागाईंले फरक भुमिका निर्वाहा गरेका छन ।

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका  वडा नम्बर ४ का वडा अध्यक्ष तारानाथ चौलागाईंले लोपहुँदै गएको पञ्चेवाजा जोगाउन  २५ दिने पञ्चेबाजा तालिम संचालन गर्नु भएकोछ । उक्त तलिममा ९ महिला तथा ९ पुरुष गरि जम्म १८ जनाले सफलता पुर्वक पञ्चेवाजा तालिम लिएका छन ।

२५ दिन सम्म संचालित यस तालिमले लोपउन्मुख पञ्चेबाजा जोगाउनुको साथै तालिम पश्चात नागरिकलाई  स्वरोजगर र जिविकोपार्जनमा समेत टेवा पुर्‍याउने
वडा अध्यक्ष चौलागाईंले बताउनु भएको छ । समापन कार्यक्रम मा सहभागि सबैलाई धन्यवाद दिदै आगामि वर्ष पोशाक तथा थप बाजामा सहयाेग गर्ने जानकारि गराउनु भयाे ।

शनिबार तालिमकाे समापन कार्यक्रममा प्रशिक्षक तथा सहभागि सबैलाई प्रमाणपत्र प्रदान गर्दै भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर मानन्धरले उक्त तालिममा सहभागी सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियाे ।