भैरहवा, १ माघ- आफ्नो जन्मदिनको अवसरमा मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका
शर्माले आइतबार श्री बेलहिया माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेका हुन् ।

मिलिजुली परिवार एवं गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जाडो मौसमलाई मध्यनजर गर्दै ट्रयाकसुट वितरण गरी जन्मदिन मनाइएको शर्माले बताए । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष सुमन शर्मा, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति राकेश गुरुङलगायतको उपस्थिति रहेको थियो ।

ट्रयाकसुट वितरणका लागि गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान, मिलुजुलि परिवार, रारा सैंजु, ज्ञान बहादुर ?लामा
चन्दन श्रेष्ठ, पंकज उदास र सोनिया चामलिंग राईबाट सहयोग प्राप्त भएको थियो ।

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले लामो समयदेखि बिपन्न बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउदै आएको छ ।