पौष २३, बुटवल- गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठानले जाडो बढेसंगै बिपन्न परिवारका बालबालिकाहरुलाइ न्यानो कपडा बितरण गरेको छ ।
प्रतिष्ठानले आइतबार बर्दिया जिल्लाको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा अध्यनरत ५० जना बिपन्न  बालबालिकाहरुलाइ न्यानो कपडा बितरण गरेको प्रतिष्ठानकी संरक्षक रारा सैंजुले बताउनु भयो ।

उक्त बिधालयका प्रधानाध्यापक श्री मुकुन्द प्रसाद पौडेलको अनुरोध सहितको सहयोग पत्र अनुसार अत्यन्तै आर्थिक अवस्था न्यून रहेको गरिब अतिविपन्न तथा सुकुम्बासी बस्तीहरूबाट अध्ययन गर्ने ५० जना बिधार्थीहरूलाई जाडोको लागी न्यानो कपडा ट्रयाकसुट बितरण गरिएको थियो  ।

गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान(ट्रष्ट) ले  स्व.गणेशमान सैजुको पून्यतिथीमा आयोजना गरिएको न्यानो कपडा बितरण कार्यक्रममा नेपालगन्ज जेसीजको अध्यक्ष,पूर्व अध्यक्ष र नेपाल जेसीजको पूर्व उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

बुटवलस्थित गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान(ट्रष्ट)ले स्थापना कालदेखि नै बृद्धआश्रम, बालआश्रम, बिपन्न बालबालिकाहरुलाइ सहयोग तथा छात्रवृत्ति प्रदान गर्नुको साथै समजसेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउने ब्याक्तीहरुलाइ सम्मान तथा पुरस्कार बितरण गर्दै आएको छ ।