पुष ११, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उमेर हदको सान्दर्भिकता नै सकिएको बताएका छन् ।

७० वर्षे उमेर हदको पालना नभएकाले यसको सान्दर्भिकता नै सकिएको खनालको भनाइ छ । ‘नवौं महाधिवेशनमा उमेर हद राख्यौं, तर युवा नेता नै जन्माउन सकिएन’ खनालले भने, ‘यसो हेर्दा उमेर हदको सान्दर्भिकता नै सकियो । लागू गर्न सकिएन ।’

पार्टीमा अहिले ६० वर्षमाथिका नेताहरु ७२ प्रतिशत रहेकाले केन्द्रीय कमिटीमा युवाहरु ल्याउन वैधानिक व्यवस्था गर्नुपर्ने खनालले बताए । ‘४० प्रतिशत युवा आउने भन्ने भइसकेको छ । यसमा थप छलफल गरौं’, खनालले भने ।

आगामी महाधिवेशनमा पेश हुने विधानको व्यवस्थाबारे छलफल गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको एक ब्यांक्वैटमा बसिरहेको छ । (अनलाईन खवरबाट साभार)