अनेरास्ववियुले कृषि तथा वन बिज्ञान विश्वविद्यालयमा गएको मङ्सिर २० गते प्रकाशित पाचौं सत्रान्तको पुनः परिक्षाको नतिजाप्रती सडठनको गम्भीर ध्यानाकर्षण भएको छ। हरेक बर्ष त्यही एउटै विषयमा मात्रै Back परिक्षामा पनि विद्यार्थीहरु अनुत्तीर्ण भैरहनुले त्यहाँ केही समस्या रहेको पुष्ठि हुन्छ। Molecular and Population Genetics (PLB 303) विषयमा मात्रै सधैंझें तर अझै दुःखद र असामान्य नतिजा देखिनु ज्यादैनै निन्दनीय एवम् भत्सर्ना योग्य छ। विद्यार्थीको भविष्य जस्तो संवेदनशील विषयमा परिक्षा नियन्त्रण कार्यालय र परिक्षा बोर्ड स्वयं जिम्मेवार हुनुपर्नेमा बिद्यार्थीबाट नतिजाको विरोध नभईन्जेल छानविन कमिटी समेत नबन्नुले प्रशासनको नालायकि र चकचकी प्रष्ट हुन्छ ।

वर्तमान परिपेक्षमा यस वर्ष रामपुरमा मात्रै यो बिषयमा २९ गरि कुल ४७ विद्यार्थी पीडित छन् । अनुत्तीर्ण हुनेमा, आजसम्म कुनै विषयमा पनि अनुत्तीर्ण नभई यसै विषयमा पहिलो पटक अनुत्तीर्ण हुने र पुनः मौका परिक्षामा पनि अनुत्तीर्ण हुने विद्यार्थीको संख्या पनि उस्तै उल्लेख्य छ। विद्यार्थीहरुको लागि यो सधैंको बल्झिरहने काँडा हो। यसको समाधान सधैंको लागि हुनुपर्छ। Molecular and Population Genetics (PLB 303) लाई किन यसरी हाउगुजी बनाँइदै छ? संगठन जवाफ चाहान्छ। पिंडित बिद्यार्थीहरु आफू परिक्षामा अनुत्तीर्ण नभएको विश्वस्त रहेकोले उत्तर पुस्तिका हेर्न पाउनु पर्छ र त्यसको विषय बिज्ञबाट पुनः परिक्षण गरिनुपर्छ भन्ने मागहरुसहित आन्दोलनरत रहेकोमा अनेरास्ववियु, विश्वविद्यालय (राष्ट्रिय) कमिटी पिंडित विद्यार्थीहरुको पक्षमा एक्यवद्ध छ । अनेरास्ववियु, संयुक्त विद्यार्थी संगठन र संघर्ष समितीले सुरु गरेको आन्दोलनको समर्थन गर्दै त्यसमा हार्दिक एक्यवद्धता जनाँउदछ र विद्यार्थीलाई अन्याय गर्नेको विरुद्ध लड्न तमतयार रहेको छ ।

अनेरास्ववियु विश्वविद्यालय प्रशासन र सरोकारवाला निकायलाई विद्यार्थीहरुको भबिस्यको बारेमा निशर्त जिम्मेवार बन्न अनुरोध गर्दै, यथाशीघ्र पिंडित विद्यार्थी लाई न्याय र दोषीलाई कडा कारबाहीको लागि जोड्दार माग गर्दै विज्ञप्ती जारी गरेका छन् ।