ह्वाट्सएप प्रयोगकर्ताहरूले यस समस्याको बारेमा कम्पनीलाई पटक पटक अनुरोध गरिरहेका थिए । ह्वाट्सएप कन्ट्याक्टमा एचडी क्वालिटीमा फोटो र भिडियो सेयर गर्ने सुविधा पहिले नै ल्याइसकेको छ ।

ह्वाट्सएपमा स्टेटस पोस्ट गर्दा फोटो र भिडियोको गुणस्तर एचडीमा राख्नको लागि, तपाईंले एचडी अप्सनमा ट्याप गर्नुपर्नेछ । यस विकल्पमा ट्याप गरेर स्टेटस अपडेट हुने बित्तिकै एचडी क्वालिटीमा तस्विर र भिडियोहरू हेर्न सकिन्छ ।