सुमन थापा
असोज २३, काठमाडौं- संस्कृति जोगाउने उद्देश्यका साथ दोलखामा पञ्चेबाजा तालिमको सुरुवात भएको छ । दोलखाको भिमेश्वर नगरपालिका – ४, स्थित टहलेमा सोमबार देखि पञ्चेबाजा तालिम सुरु भएको वडा अध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिनुभएकोछ ।
सीप सिकाइ स्थानीय जनतालाई आत्मनिर्भर बनाउने तथा पुराना कल संस्कृतिलाई जोगाउने उद्देश्यका साथ स्थानीय सरकारको पहलमा सुरु भएको उक्त तालिममा ८ महिला र ९ पुरुष गरि जम्मा १७ जना सहभागी भएका छन ।


संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत १ लाख रुपैयाको बजेटमा आर्थिक वर्ष २०८०/०८१ काे वडास्तरीय २५ दिने पञ्चेबाजा तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्नुहुँदै वडाअध्यक्ष तारानाथ चौलागाईँले युवाहरु विदेशिने क्रम बढिरहेको बेला पञ्चेबाजाकाे संरक्षण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।
पछिल्लो समयमा बेरोजगार भएका युवा तथा महिलाहरु विदेश जाने क्रम बढ्दै गएको छ । आफ्नो वडा तथा गाउँबस्ती खाली हुँदै परम्परा, सांस्कृतिक हराउँदै गएको अवस्था छ । जसको न्यूनीकरणको लागि आगामी दिनमा यस तालिमले सहयोग पुन्ने बताउनु भयो । २५ दिन सम्म चल्ने उक्त तालिममा भुवन नेपाली र हरि बहादुर नेपालीले प्रशिक्षको भुमिका निर्वाहा गर्नेछ्न ।

प्रतिक्रिया