काठमाडौं- हालै सार्वजनिक भएको “कहिले म जितमा रोएँ” बोलको गीतले समाजमा रहेको पितृप्रधान भावनालाई सफल रुपमा उतार्न खोजेको देखिन्छ । यस गीतको रचना स्वयम् देवी पराजुलीले गर्नुभएको छ भने संगीत ज्योति प्रकाश र स्वर अञ्जु पन्तको रहेको छ । दृश्य छायाँङ्कनमा कलाकारहरु देवी पराजुली र अर्जुन भिखारिलाइ मूख्य भुमिकामा देख्न सकिन्छ भने कलाकारमा इस्टु कार्की, भगवान भण्डारी रहेका छ्न् ।

लामो समयदेखी निजामती सेवामा आवद्ध देवी पराजुलीको ( Devi parajuli ) युटुब च्यानल मार्फत बजारमा आएको गितको भिडियोलाइ युबराज वाइवाले निर्देशन गर्नु भएको छ । सानैदेखी गीत संगीतमा रुची राख्ने पराजुली विहान बेलुकाको समय निकालेर गीत सिर्जना गर्नुहुन्छ । उहाँका एक दर्जन भन्दा बढी गीतहरु बजारमा आएका छ्न् । यत्तिमा मात्र सीमित नभइ उहाँले समय समयमा राष्ट्रियस्तरका पत्रपत्रिकामा लेख रचनाहरु पनि लेख्दै आउनु भएकोछ ।

१५ वर्ष अघिदेखि गीत रचना गर्दै आए पनि बजारमा भने उहाँका गीतहरु तीन वर्ष अगाडिबाट आउन थालेका हुन्। उहाँका हामी नारी, लगनको सारी, जन्मभूमि भन्दा ठूलो केही छैन अरु, उठौं है जागौं दिदी बहिनी, ए हजुर जस्ता गीतहरू बजारमा आएका छ्न् । गितमा समाजमा रहेको पितृसत्तात्मक भावनालाई सफल रुपमा उतार्न खोजेको देखिन्छ ।