काठमाडौं – नेपाली गीतिक्षेत्रकी  उज्ज्वल नक्षत्र देविका बन्दनाले  क्यानसरलाइ जितेपछि जित्नेको हासो पुस्तक  बाजारमा सार्वजनिक भएको छ । 

“यस्तै रहेछ यहाँको चलन जित्नेको हाँसो हाँसो हार्नेको आँसु आँसु मेरो छैन केही हजुरलाई गुनासो” । ख्यातिप्राप्त गायिका देवीका बन्दनाले चर्चित संगीतकार शम्भुजित बासकोटाको संगीत र दिनेश अधिकारीको शब्द रचनामा गाएको वर्षौंसम्म पनि उनलाई थाहा थिएन, एकदिन आफनो जीवन पनि यही गीतका हरफसँग मिल्दा जुल्दा हुनेछन् ।

क्यान्सरजस्तो विश्वकै भयावह अवस्थामा फैलिएको प्राणघातक रोगले छुनेछ र त्यसलाई जितेर जित्नेको हाँसो हाँस्छु भन्ने कल्पना पनि उनले गरेकी थिइनन् । क्यान्सर र क्यान्सरजस्तै हार्नेहरुलाई आँसुमा डुबाएको अनेकन् रोगले कतिपय घरलाई पिरोलेको देखेकी उनले भने यसलाई पनि सहजै जितेरै छाडिन् । वरिष्ठ हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेठ र हरिबंश आचार्यद्वारा संयुक्त रुपमा विमोचित पुस्तक, “जित्ने को हाँसो” तथा विभिन्न भाषा, भजन र फिल्म आदिमा गरि करिब १ हजार कालजयी र मनोरन्जनात्मक गीत, भजन, गजल, दोहोरी आदि गीत संगीत गाइसकेकी देविका बन्दनाको स्तन क्यान्सरविरुद्धको साहसिक संघर्ष र अकल्पनीय जीतको कथा “जित्नेको हाँसो” मा समेटीएको छ ।

पुस्तक बिमोचन कार्यक्रमको अवसरमा देविकाले आफ्नो आत्मविश्वास, काल्पनिकता, नवीनता र सकारात्मक सोचका साथै परिवारजनबाट पाएको सहयोग, सहानुभूति र विश्वास उनको लागि रोगप्रति लड़ने प्रवल शक्ति भएको बताइन् ।

साथै वर्ल्ड बुक अफ रेकर्ड कमिटीले उनको तत्कालीन त्यो अवस्थामा समेत त्यस्तो सराहनीय कार्य गरे वापत र सांगीतिक क्षेत्रमा पुऱ्यांएको अनवरत योगदानको कदर गर्दै सम्मान पत्र समेत नेपालस्थित प्रतिनिधि सागर कटवालले  हस्तान्तरण गरेक थिए ।

विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथिद्वय मदन कृष्णले आफ्नो विगत सम्झिदै निकै भावलविव्हल हुँदै उनले आफ्नी पत्नीको विमारीको समयमा परेको पीडालाई जति लुकाउन खोजे पनि नसकिने यथार्थ बताए भने हरिबंशले देवी  देवतालाई फूल चढाए पनि, पैसाले हाने पनि, मन्दिरमा नै रगतको बलि चढाए पनि कुनै प्रतिक्रिया नजनाई खुसी भावले सिकार गरे झैँ देविका बन्दनाले पनि क्यान्सरलाई उनी आफू सगरमाथा झैं कठोर र सुन्दरी भै सो रोग रूपी  झापडलाई फर्काई दिएको कुरा निकै भावुक हुँदै बताए ।

क्यान्सर रोग निकै भयङ्कर र निकै मान खोज्ने कुरालाई व्यंगात्मक शैलीमा प्रस्तुत गर्दै अरु कुनै रोगलाई सर भन्नु नपर्ने तर “क्यान सर” भन्नु पर्ने भनि प्रस्तुत गरे । चर्चित हाँस्य कलाकार तथा  अभिनेत्री बशुन्धरा भुषालले तत्कालीन पीडाको अवधिमा समेत कसैलाई आभाष हुन नदिनु उनको ठुलो आत्मबल रहेको बताइन ।

कार्यक्रममा प्रथम महिला एफएनसीसीआईकी अध्यक्ष भवानी राणाले उनको आत्मविश्वास र परिवारले दिएको सहयोगको प्रसंशा गर्दै उनी बहुमुखी प्रतिभाका धनी रहेको बताएकी थिइन् । त्यस्तै चर्चित समालोचक प्रक्ष सायमीले पुस्तकको बारे आफ्नो मन्तब्य राख्दै आत्मकथा र स्मृतिमा फर्केर हेर यसमा देविकाको हृदय बोलेको कुरा बताएका थिए ।