बैशाख ७, काठमाडौं- सर्लाही इश्वरपुर नगर पालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगर प्रमुख मनोज आचार्य को नेतृत्वमा नेपाल विद्यार्थी संघको स्थापना दिवस फरक ढंगले मनाइएको छ। बुधबार ने. बि. संघ स्थापना दिवसको अवसरमा उनले नारायण जनता आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेर ने बि संघ स्थापना दिवस मनाएका हुन् । छिमेकी नगरहरु र जिल्लाका विभिन्न स्थानमा प्रवचन गोष्ठी आयोजना गरेर परम्परागत रूपमा मनाए पनि उनले आफूले साना साना विद्यार्थीहरुको लागि स्कुल ब्याग उपहार दिएर यस शुभ दिन मनाउने नयाँ प्रथाको सुरुवात गर्न खोजेको बताए ।

यस वर्ष २०८० लाई ईश्वरपुर नगरको शैक्षिक उन्नयन को वर्षको रूपमा मनाउने उद्घोष गरेको बताउँदै उनले हरेक दिन र प्रत्येक प्रयास ईश्वरपुर नगर पालिकाको शिक्षा को गुणस्तर अभिबृद्धिका निम्ति खर्चिने उपक्रमको सुरुवात स्वरूप नारायण मा बि का विद्यार्थीहरुलाई ब्याग बितरण गरिएको उल्लेख गरे। ईश्वरपुर नगर क्षेत्रका संपूर्ण सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई उनीहरूको आवश्यकता अनुरुपका यथा संभव सबै सुबिधा उपलब्ध गराउन आफ्नो प्रयास केन्द्रित रहने प्रमुख आचार्यले दावी गरे। यस संबाददातासंग कुरा गर्दै उनले भने-” कुरा मात्रै होइन काम गरेर देखाउने बेला हो यो। जनताको सानो सानो आवश्यकता को पहिचान गर्दै तिनको संबोधनमा आफू केन्द्रित भैरहेको छु। त्यसका लागि सरकारी र दातृ एवम् सहयोगी संघ संस्था संग सहकार्य गर्दै अघि बढ्ने मेरो प्राथमिकता हो।”