प्रधानमन्त्री बालेन शाह तिहारको अवसरमा आयोजित देउसी-भैलो कार्यक्रममा सहभागी भएर नाचगानमा रमाएका छन्।
सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह चर्चित नेपाली गीत ‘कुटुमा कुटु’ मा छमछमी नाचेका हुन्। मौलिक पर्वको उत्साहमा प्रधानमन्त्री शाह आफैं नाचेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सार्वजनिक भिडियोमा प्रधानमन्त्री शाह आफ्ना राजनीतिक सल्लाहकार असिम शाहसहित सचिवालयका सदस्यहरू र कलाकारहरूसँगै तालमा ताल मिलाएर खुलेर नाचिरहेको देखिन्छ।
तिहारको रौनकताबीच देउसी-भैलो टोलीसँगै परम्परागत लयमा प्रधानमन्त्रीको यस्तो रमाइलो प्रस्तुतिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निकै रुचाएका छन्।

प्रतिक्रिया