सुरेश खड्का

माघ २२,काठमाडौं चितवन २ मा कांग्रेस नेता उमेश श्रेष्ठले आफुलाई निर्वाचित घोसना गर्न निवेदन दिए लगतै निर्वाचन आयोगले आघिकारिक धराणा सार्वजनिक गरेको छ।निवेदनको विषयमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै आयोगका प्रवक्ता सुर्य प्रसाद अर्यालले उपनिर्वाचन को बिकल्प नरहेको जानकारी दिएका हुन् । श्रेष्ठले बुझएको निवेदन का आधारमा निर्वाचित वा बिजयी घोसणा गर्न कानुनमा कुनै कुरा उल्लेख नभएको पनि उनले स्पस्ट पारेका छन् ।

उमेश श्रेष्ठले आजै निर्वाचन आयोग कान्तिपथ पुगी रवि लामिछाने को सांसद पद खारेज भएको र चितवन २ मा रिक्त रहेको स्थान मा आफुलाई निर्वाचित घोसना गर्न निवेदन दर्ता गराएका छन ।उनि प्रतिनिधि सभा निर्वाचनमा रबि लामिछानेका प्रतिद्वन्दी थिए ।निर्वाचनमा रबि लामिछानेले ४९ हजार२६४ मतका साथ निर्वाचित भएका थिए भने श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका थिए ।श्रेष्ठका अनुसार “बेलैमा छानबिन नहुदाको उपज रहेको र आफु अन्यायमा” परेको उनको भनाइ छ। १३ माघमा सर्बोच्चले रबि संग नेपाली नागरिकता नै नभएको जिकिर गर्दै उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।