सुरेश खड्का

माघ १५, काठमाडौ- रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् ।निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय बबरमहल बाट नेपाली नागरिकता पुनः प्राप्त गरेका हुन् ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे संगै निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।

सर्वोच्च अदालतले शुक्रबार ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरे पछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गुमाएका थिए । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्राप्ति प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आएका थिए ।

अदालतको आदेशपछि लामिछाने आइतबार पुनः नेपाली नागरिकता प्राप्तिको लागि जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।