( सुमन थापा )
मंसिर २५, काठमाडौँ। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली टिकटक परिवारले दलित समुदायका बिपन्न परिवारका ८० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गरेको छ।

शनिबार मधेश प्रदेशको बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्बर १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ८० जना बालबालिकाहरुलाई मिलिजुली परिवार तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले करिब ९० हजार बराबरको ८० जोर ट्र्याक सुट, ४० दर्जन कपि र ४० दर्जन सिसाकलम वितरण गरेको मिलिजुली परिवारकी संरक्षक रारा सैंजुले जानकारी दिए।

शनिबार सिम्रौनगढ नगरपालिका वडा नम्बर १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष दिन दयाल मुखिया, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, बिधालयका प्रधान अध्यापक शिवजी मुखिया, मिलिजुली परिवारका अध्यक्ष राजन कडेलसहित मिलिजुली परिवारका सकृय सदस्य हरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिन दयाल मुखियाले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली परिवरले शैक्षिक क्षेत्रमा  गरेको सामाजिक कार्यप्रतिको प्रशंसा गर्दै कार्य सफलताको शुभकामना दिएका छन्। साथै उक्त कार्यक्रमले मधेस प्रदेशको पीछडिएको क्षेत्र सिम्रौनगढसम्म आएर अति बिपन्न दलित समुदायका बालबालिकाहरुको मुहारमा खुशी छाएको भन्दै गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारलाई धन्यवाद दिएका छन्।

कार्यक्रममा बोल्दै विधालयका प्रधान अध्यापक शिवजी मुखियाले गणेशमान कृष्णप्यारी प्रतिष्ठान तथा मिलिजुली परिवारलाई बिशेष धन्यवाद दिदै आभार व्यक्त गर्नुभएको छ। प्राधान अध्यापक मुखियाले शिक्षामा धेरै पिछडिएको त्यस क्षेत्रका अभिभावकहरुले अहिले पनि बालबालिकाहरुलाइ बिधालय पठाउने र पढाउने बाताबरण नभएको भन्दै अभिभावक तथा स्थानीय सरकारप्रती गुनाशो ब्यक्त गरे।

तेस्तै कार्यक्रममा बोल्दै मिलिजुली परिवारका अध्यक्ष राजन कडेलले उक्त विधालयमा गरिएको न्यानो कपडा तथा  शैक्षिक  सामाग्री बितरणकार्यमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोग हातहरुलाइ बिशेष धन्यवाद दिनुको साथै उक्त विधालयका बालबालिकालाई पुन:सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सहयोग हस्तान्तरण कार्यको लागि दिपक थापा, रारा सैंजु, भोजराज खड्का, अमृता भट्टराई, रामचन्द्र रिजाल, मान बहादुर थापा, रमेश चन्द्र खनाल, एन्जल भट्ट, ज्ञान बहादुर लामा, बिजय महत्तो, कृष्ण लम्साल, राजन कडेल, भवानी शर्मा, सुमन थापा, इन्दिरा बस्नेत, सृजना खड्का, पुर्णिामा श्रेष्ठ, सम्झना गौतम, माधव शर्मा, चक्रपाणी अर्याल, संगिता खनाल, सीता ढकाल, कमला भट्टराइ, सानू शर्मा दिपु उप्रेती र सन्तोष बगाले आर्थिक सहयोग उपलब्ध गराएका थिए।