विवाहको पाँच वर्षपछि गायिका प्रविशा अधिकारी आमा बन्ने भएकी छिन्। उनी आफ्नो पहिलो सन्तानको स्वागतको प्रतिक्षामा छिन्।
प्रविशा हाल श्रीमान् निर्माण सिटौलासँग इटालीमा छिन्। त्यहाँबाट उनले श्रीमानसँग केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन्, जसमा उनको ‘बेबी बम्ब’ देखिएको छ। सार्वजनिक पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले दम्पतीलाई शुभकामना दिरहेका छन्।
उनीले केही समयअघि मात्र सामाजिक सञ्जालमा आफू गभर्वती भएको जानकारी दिएकी थिइन्। श्रीमानसँगका सुन्दर तस्बिर सार्वजनिक गर्दै उनले जीवनको नयाँ अध्याय सुरु हुन लागेको संकेत गरेकी थिइन्।
‘द भ्वाइस अफ नेपाल’ मा कोचको भूमिकासमेत निर्वाह गरेकी उनले २०७८ सालमा विवाह गरेकी थिइन्।

प्रतिक्रिया