(सुमन थापा)
असोज ८, काठमाडौं-गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको सयुक्त आयोजनामा न्यु बालगृहमा आश्रति २२ जना बालबालिका लाई भोजन खुवाउने कार्य सम्पन्न भएको छ ।
गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको टिम बिहिबार बिहान हत्तिगौडास्थित न्यु बालगृहमा पुगि बालगृहमा आश्रति रहेका बालबालिकालाई भोजन गराएको कार्यक्रम संयोजक लक्ष्मी बस्तेतले जानकारि दिनुभयो ।


२०५९ सालमा सुरु भएको न्यु बालगृहमा हाल २२ जना बाललबालिका आश्रति रहेको बालगृहकि अध्यक्ष उर्मिला नेपालिले जानकारी दिनुभएकोछ । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालिले बालगृहलाइ लोकमानसिंह कार्की, अमृत शाक्य, ताराबहादुर प्रधानङग, राउण्ड टेवल नेपाल र तलेजु पुस्तक प्रकाशनले लगातार सहयोग गर्दै आएको बताउनु भयो ।


सोही कार्यक्रममा साउथ एसियन पोलिक्लिनिक एण्ड डाएग्नोस्टिक सेन्टर प्रा. लि. का मेनेजिङ डाइरेक्टर किरन छत्कुलीले बालगृहलाई प्राथमिकता उपचारको लागि आबश्यक औसधिजन्य सामाग्री उपलब्ध गराउनु भएको थियो । साउथ एसियन पोलिक्लिनिक एण्ड डाएग्नोस्टिक सेन्टर प्रा. लि. ले यसअधि पनि गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले गरेको सामाजिक कार्यमा सहयोग गर्दै आएको मिलिजुली परिवारका अध्यक्ष राजन कडेलले बताउनु भयो ।

प्रतिक्रिया