इजरायलमा भएको आम निर्वाचनको नतिजा सार्वजनिक भएपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहले प्रतिक्रिया दिएको छ।

हिजबुल्लाहका महासचिव नईम कासिमले इजरायली निर्वाचनको नतिजाले आफ्नो समूहलाई कुनै फरक नपर्ने बताएका छन्। उनले निर्वाचनमा जो विजयी भए पनि हिजबुल्लाहले इजरायलको प्रतिरोध जारी राख्ने बताएका छन्।

९० प्रतिशतभन्दा बढी मतगणना सम्पन्न हुँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन सबैभन्दा ठूलो समूह बने पनि बहुमत प्राप्त गर्न सकेन।

गादी आइजेनकोटको नेतृत्वमा रहेको प्रमुख विपक्षी गठबन्धनले नेतान्याहुको गठबन्धनलाई कडा चुनौती दिएको छ। विपक्षी गठबन्धनले ४८ सिट जितेको छ।

बीबीसी फारसीका अनुसार, नईम कासिमले बुधबार जारी गरेको लिखित वक्तव्यमा भनेका छन्, ‘इजरायलमा कसले शासन गर्छ भन्ने कुराले हामीलाई कुनै फरक पर्दैन। तर, इजरायलले कब्जा जारी राख्न सक्दैन र उसले हाम्रो भूमि छाड्नुपर्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ।’