(सुमन थापा)

भाद्र २०, दोलखा- कात्तिके युवा सामजले  आर्थिक अबस्था कमजोर भएका बिरामिलाइ रु ८२ हजार ६ सय ५ रुपैया सहयोग हस्तान्तरण गरेको छ ।

दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ५ माथिल्लो कत्तिके निवासी ३३  वर्षिय अभिषेक बुढाथोकी ( रमेश ) लाई कत्तिके युवा समाजले उपचारमा सहयोग गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

बिगत लामो समय  देखि नशा रोग बाट बिरामी भएका रमेश आर्थिक अभावमा उपचार गर्न नसकी छटपटाइ रहेको  अबस्थामा कात्तिके युवा समाजमा आवद्ध ३० जना युवायुवतीहरुले रकम संकलन गरि बिरामीका ठुलोबुबा जेष्ठ नागरिक पदमबहादुर बुढाथोकी मार्फत संकलित रकम रु ८२६०५/- हस्तान्तरण गरेको रकम संकलन अभियानका संयोजक नानिराम बुढाथोकीले जानकारी दिनु भएको छ ।

परिवारको सबै जिम्मेवारी लिएका रमेसले मजदुरी गरेर घरपरिवार चलाउदै आएका थिए । उनको परिवारमा श्रीमती, नावालक २ छोरी र बृद्व बुबा-आमा रहेका छन । हाल उनी बिरामी भएपछी परिवारनै आर्थिक समस्या परेको स्थानीयवासी बताउछन् ।