( सुमन थापा )

भाद्र ४, काठमाडौं – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको सयुक्त आयोजनामा यस बर्षको तिज बिशेष शुभकामना आदनप्रदान  तथा दर खाने कार्यक्रम  सम्पन्न भएको छ ।

सामाजिक सेवामा अग्रसर गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी एवम सुनचाँदी ब्याबसायी निम्मी थापाले नेपाली नारिहरुको पर्व हरितालिका तिज २०७९ को अबसरमा सम्पुर्ण महिलाहरुलाइ शुभकामना दिनुभएको थियो ।

काठमाडौको सामाखुसिस्थित स्काइ पार्टी प्यालेसमा आयोजित कार्यक्रममा  विभिन्न क्षेत्रमा ख्यातिप्राप्त ब्याक्ती, कलाकार,  टिकटकमा भाइरल ब्याक्ति, समाजसेवी र पत्रकार साथै मिलिजुली परिवारका सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा मुटुरोग बाट पिडित  ४ बर्षिया बालक जुर्ज प्रीन्स गान्धरीलाई गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैजुले रु १० हजार प्रदान गर्नुभएको थियो ।

तेस्तै कार्यक्रममा बोल्दै मिलिजुली परिवारका अध्यक्ष राजन कडेलले २ बर्षको अबधिमा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले ५५ वटा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरिसकेको र आगामी दिनमा असाहाय बालबालिकाको लागि शिक्षा क्षेत्रमा  सहयोग पुर्‍याउदै  जाने बताउनु भयो । कार्यक्रममा बोल्दै अल नेपाल टिकटक ग्रुपकि संयोजक राधा रिमालले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले टिकटक बाट मनोरञ्जन लिनुको अलवा गरेको  सामाजिक कार्यप्रतीको योगदान अतुलनीय रहेको बताउनु भयो ।

तिज बिशेष कार्यक्रम संचालनको लागि  विशिष्ट अतिथी  रसुवागढी हाइड्रोपावर कम्पनीका अध्यक्ष, तथा फ्रस्ट जेनेरेसन कन्सलटेन्सीका डाइरेक्टर दिपक थापाले २१ हजार  प्रदान गर्नु भएको थियो भने, संरक्षक रारा सैंजु र  अध्यक्ष राजन कडेलेले  जनही १० हजार प्रदान गर्नु भएको थियो । तेस्तै मिलिजुली परिवारकी वरिष्ठ सल्लाहकार अमृता भट्टराई र कलाकार दिब्या ठकुरीले जनही ५ हजार सहयोग गर्नुभएको  कार्यक्रम संयोजक माया खनालले जानकारी दिनु भयो ।

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले आफ्नो ५५ औ कार्यक्रम अन्तरगत वरिष्ठ समाजसेवी कृष्णप्यारी सैजु को ८९ औ. जन्म जयन्तीको स्मृतिमा बुटवलस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्वाआश्रममा आश्रति  रहेका आमा बुबाहरुलाई दिवा भोजन खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । तेस्तै  सियारि गाउँ पालिकाकी एकल बृद्ध आमालाई संरक्षक रारा सैंजु र अनुपमाण सैंजुको उपस्थितिमा आवश्यक खाद्यान्न सामाग्री तथा लत्ताकपडा हस्तान्तरण गरेको सल्लाहकार माधव शर्माले जानकारी गराउनु भएको छ ।