( सुमन थापा )
श्रावण २१, काठमाडौं – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको सयुक्त आयोजनामा कुन्चिप्वाकल माध्यमिक बिधालयमा अध्यनरत बालबालिका हरुलाइ शैक्षिक सामाग्री बितरण गरेको छ ।

शनिबार तारकेश्वर नगरपालिका वडा नम्बर १ स्थित कुन्चिप्वाकल माध्यमिक बिधालयमा अध्यनरत बिपन्न परिवारका ८२ जना बालबालिकाहरुलाइ प्रतिष्ठान तथा मिलिजुली परिवारद्वार ८२ जोर छाला जुत्ता, ८२ जोर मोजा, ८२ थान झोला र कपि तथा सिसाकलम बितरण गरेको कार्यक्रम संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनु भएको छ ।

कुन्चिप्वाकल माध्यमिक बिधालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष विदुर सापकोटा , बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अमर तामाङ, प्रधानअध्यापक राजु नेपाल, इन्जिनियर दिपु अधिकारी, समाजसेवी निम्मी थापा र मिलिजुली परिवारका अध्यक्ष राजन कडेल सहित मिलिजुली परिवारका सदस्य हरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष विदुर सापकोटाले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली परिवरले शैक्षिक क्षेत्रमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दै कार्य सफलताको शुभकामना दिनुभएको थियो ।
तेस्तै कार्यक्रममा बोल्दै मिलिजुली परिवारका अध्यक्ष राजन कडेलले उक्त बिधालयमा गरिएको शैक्षिक सामाग्री बितरणमा सहयोग गर्ने कोशेली छालाजुत्ता उद्योगका संचालक रविन कुमर श्रेष्ठ, गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैंजु, परिवारकी वरिष्ठ सल्लाहकार अमृता भट्टराई, सुनचादी ब्याबसायी एवम समजासेवी निम्मी थापा र इन्जिनियर दिपु उप्रेती लगायतलाई बिशेष धन्यवाद दिनु भएको थियो ।

साथै कार्यक्रम मिलिजुली परिवारका अध्यक्ष राजन कडेलले यस बर्षको SEE परिक्षामा उक्त बिधालयबाट राम्रो ग्रेडिङ ल्याउन सफल ३ जना बालबालिकालाई ५ हजार नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।







प्रतिक्रिया