१९ श्रावण २०७९,

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसँगै वर्तमान सांसदको पद स्वतः सकिने बताउनुभएको छ ।

सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकेलगत्तै आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यसबारे आयोगले कानूनी ब्याख्या गरेर सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

आयोगले निर्वाचनमा सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको अवसर उपलब्ध गराउने थपलियाको भनाइ छ ।

सरकारले मिति तोकेलगत्तै निर्वाचन आयोगले मतदाता नामावली दर्ता स्थगित गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । अनलाइनबाट फारम भएकाहरुले भने २१ गतेसम्म औंठाछाप दिन पाउनेछन् ।

आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ८६ लाख मतदाता हुने अनुमान गरेको छ ।