असार २८ काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता जारि रहेकोछ । मंगलबार बिहान बालकोटस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले ओलीसँग भेटवार्ताका लागि पुगेका छ्न  । उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ।

भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी , अन्जन शाक्य, कृष्ण केसी पनि भेटवार्तामा सहभागी भएका छन् ।

आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री नारायण खड्कासँग भने आइतबार र साेमबार माओवादी अध्यक्ष प्रचण्डसङ भेट भइसकेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।