हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ। मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आशीर्वाद दिने कार्यक्रम रहेको बताए।
विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ। आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दसैँ टीका लगाइदिने व्यवस्था गरिएको हो।
आज बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आराधना सुरु भएको छ। अराधन सकिएलगत्तै दसैँको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए। भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ।

प्रतिक्रिया