कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार कैदी सन्तोष जलारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनी कास्की कारागारबाट फरार भएको तीन दिनपछि पोखराको एक गेस्ट हाउसबाट पक्राउ परेका हुन्। जलारी २०८३ असोज ३१ गते राति जिल्ला कास्की कारागारबाट फरार भएका थिए। उनी फरार भएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।
खोजतलासका क्रममा प्रहरी टोलीले मंगलबार पोखरा महानगरपालिका-स्थित पृथ्वीचोकको न्यू झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका जलारी कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। पक्राउ परेपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

प्रतिक्रिया