(सुमन थापा)

जेष्ठ २२, काठमाडौं– चन्द्रागिरि नृत्य कलाकर्मी संघले नवनिर्वाचित स्थानिय तहका  जनप्रतिनिधिहरुलाइ  बधाइ, शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

संघले जेष्ठ २६  गते बिहिबार  गुर्जुधारास्थित त्रिशक्ति पार्टी प्यालेसमा नवनिर्वाचित स्थानिय तहका  जनप्रतिनिधिहरुलाइ  बधाइ, शुभकामना साथै  दृष्टिबिहिनलाई बिशेष सम्मान गर्ने कार्यक्रम रहेको संघका सचिव  सुमन पोखरेलले जनकारी दिएका छ्न ।

बिहान ७:३० बजे देखि सुरु हुने उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख, उपप्रमुख,  १ देखि १५ वडा सम्मका सबै निर्वाचित वडा अध्यक्ष लगायत वडा सदस्यहरु लाइ बधाई तथा शुभकामना दिनुको  साथै दृष्टिबिहिन कान्छा श्रेष्ठलाई बिशेष सम्मान गर्ने  कार्यक्रम रहेको  छ ।