जेष्ठ १९, काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १०-१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य घटाइएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।