जेष्ठ १३ काठमाडौं, गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले  बन्जाडे परिवारमा पुन: सहयोग पुर्‍याएको छ ।

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान एवम मिलिजुली परिवारकी संरक्षक रारा सैंजुले  आफ्नो जन्मदिनको अवसरमा स्व. किशन बन्जाडेको परिवार लाई अर्थिक सहयोग हस्तान्तरण गर्नुभएको  हो  ।

बुधबार सिरिया गाउपालिका ४ रुपन्देहीमा बसोबास गर्ने स्व. किसन बन्जाडेको श्रीमती पुजा बन्जाडे र उनको १५ महिनाको बच्चालाई भेटगरि  संरक्षक रारा सैंजुले आफ्नो जन्मदिन मनाउनु भएको थियो  । उक्त कार्यक्रममा सैंजुले बच्चाको पौष्टिक खानाको लागि १५ हजार दिनुको साथै बच्चालाई  शिक्षाको लागि गणेशमान कृष्णप्यारी ट्रस्ट बाट पुर्ण छात्रवृत्ति दिने घोषणा गरेको परिवारका  सल्लाहकार माधव भट्टराईले जानकारी दिनुभएको छ । साथै सोही कार्यक्रममा मिलिजुली परिवारकी वरिष्ठ सल्लाहकार अमृता भट्टराई, सिपि अर्याल र ज्ञान बहादुर लामाले पनि सो परिवारलाइ  रकम हस्तान्तरण गरेका थिए ।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सामाजिक सेवामा सकृयता देखाउदै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान  एवम मिलिजुली परिवारले २०७८ असारमा बन्जाडे परिवारमा लगातार परिवारका ३ सदस्यको निधन भएपछि बेसाहारा बनेका आमा छोरालाई ५० हजार ५५ रुपैया सहयोग गरेको थियो । 

संरक्षक रारा सैंजुले जन्मदिनको अबसरमा मिलिजुली परिवारका सकृय सदस्य सन्तोष बगाले र माया खनाललाई  जनही रु १० हजार सहयोग गर्नु भएको छ  । सन्तोष बगाले लामो समय देखि बिरामी भै उपचार गराउदै आउनु भएको छ  भने, माया खनालको बच्चाको शिक्षाको लागि उक्त रकम दिएको रारा सैंजुले बताउनु भयो ।

को हुन रारा सैंजु ? (रेखा )

सुनसरी जिल्लाको धरानमा २०२८ जेष्ठ ११ गते बुवा समाजसेवी रामजी श्रेष्ठ र आमा राममाया श्रेष्ठ को कान्छी छोरी  (रेखा श्रेष्ठ) को जन्म भएको हो। रेखाले अभिभावकको समाजसेवामा समर्पित जिवनलाई नजिक बाट हेर्दै हुर्केकी थिइन । बुवाले धरान फुस्रे बस्ती बसाल्न , खानेपानी, बाटोघाटो, विधालय,चौतारो निर्माण आमाले कुनै महिला दुखमा छन् भने आफुले लगाएको  लुगा समेत फुकालेर  लगाईदिएको नजिक बाट देखेको बताउनुहुन्छ । रेखाले २०४५ सालको भूकम्पमा  आफुलाई माया गर्ने आमा गुमाउँनु भएको थियो ।  पिडाबाट हुर्केकी रेखालाइ दिदि र दाजुहरुले   आमा- बाबाको जस्तै मायामा कुनै कमि हुन दिएनन । धरान बाट बिए सम्मको अध्ययन पूरा गरि  इरोम प्रोजेक्टमा केही समय जागिर गर्नु भएको थियो । पूर्वको चेलि पश्चिम लुम्बिनी प्रदेश रुपन्देही बुटवलका सामाजिक सेवामा समर्पित कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैजु र कृष्णप्यारी सैजु को कान्छा छोरा अनुपमान सैंजु  संग २०५१ सालमा बैवाहिक सम्बन्ध जोडिन पुगेको थियो । परिवारिक सम्बन्ध अत्यन्तै प्रगाढ रहदै सामाजिक सेवा पृष्ठ भूमिका रेखा श्रेष्ठ अझ परिवारको सहयोगमा आफ्नो घर र माईतिको सामाजिक सेवा कृयाशिलता झन उजागर हुँदै  सासु ससुरा बुवा आमाको बुहारी छोरी सहर श्रीमानको साथ र विश्वासले बुटवल महिला जेसीजको सस्थापक, तिलोत्तमा लाइन्स क्लबको सस्थापक,विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति रुपन्देही सस्थापक,नवजागृति पुस्तकालय सदस्य, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाआश्रम  सदस्य हुदै एक विश्व एक परिवार मानवता सेवा भन्ने सोच सहित सामाजिक सन्जाल टिकटकको माध्यमबाट जोडिएका देश विदेशमा रहनुभएका सदस्य सहित स्थापना भएको मिलिजुली परिवारको सस्थापक संरक्षक रारा सैजुको नामबाट सामाजिक सेवामा समर्पित हुदै हाल दोस्रो वर्ष पुग्न लाग्दा सामाजिक सेवामा ५३ वटा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउनु हुन्छ । श्रीमान अनुप मान सैजु पनि विभिन्न सामाजिक सेवामा  रहदै नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष र अन्तराष्ट्रिय उपाध्यक्ष हुँदा देखि साथ दिदै एक छोरी अनुष्का ( चाहना) ,एक छोरा अनुभवलाई असल आचरण र सस्कार सिकाउने र कर्मयोगी बुवा आमाको बुहारी छोरी भएर सबै साथ सहयोगले कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट)को सहकार्यमा मिलिजुली परिवारको तर्फबाट बिपन्न परिवारलाई सहयोग, शिक्षा छात्रवृत्ति, अनाथ बालबालिकालाई सहयोग, बृद्धबृद्धालाई सेवा सहयोग पुर्याउने काममा लाग्नु भएकी रारा सैजु, अरुलाई बदल्ने हो भने परिवर्तन आफैंबाट शुरुवात गर्नु पर्छ भन्ने सोच सहित सेवा नै धर्म हो भन्ने बुबा गणेशमान सैजुको भनाई र जस्तो मति अस्तै गति भन्ने आमा कृष्णप्यारी सैजु को उपदेशलाई मनन् गर्दै सदैव असल काममा आफुलाई समर्पित गर्दै  अगाडी बढने प्रण गर्नुहुन्छ।

उहाको यस सामजिक कार्यप्रती हाम्रो सम्पुर्ण बिहानी आवज अनलाइन  परिवार हार्दिक आभार  व्यक्त गर्दछ ।